भाजपाको सौमित्र खानलाई विष्णुपुरमा पूर्व पत्नी सुजाताको कड़ा टक्कर
भाजपाको सौमित्र खानलाई विष्णुपुरमा पूर्व पत्नी सुजाताको कड़ा टक्कर


कोलकाता, 06 मई (हि.स.)। पश्चिम बंगालको बांकुडा जिल्लाको विष्णुपुर लोकसभा सीटमा चुनावी लडाई रोचक बनेको छ। यहॉं भाजपा उम्मेदवार र वर्तमान सांसद सौमित्र खान विरुद्ध उनकी पूर्व पत्नी सुजाता मण्डल तृणमूल कांग्रेसकी उम्मेदवार हुन्। दुवै उम्मेदवारले आफ्नो जितको दाबी गरिरहेका छन्।

पश्चिम बंगालको बिष्णपुर लोकसभा क्षेत्रमा मतदाताहरूबिच पेयजल संकट र राम्रो सडकको माग मुख्य चुनावी मुद्दा छ। सीपीआई (एम) को गढ़ भए तापनि खानले 2014 मा तृणमूलको टिकटमा सीट जितेका थिए। 2019 मा उनी भाजपामा सोमल भएपछि फेरि चुनाउ जिते। यसपाली उनी तेस्रोपल्ट चुनावी मैदानमा छन्।

रोचक कुरा के छ भने 2019 मा एक आपराधिक मामिलामा पुलिसले उनी विरुद्ध जिल्लामा प्रवेशमाथि रोक लगाएको थियो। यसपछि उनकी पत्नी सुजाता मण्डलले नै सौमित्रको निम्ति चुनाउ प्रचार गरेकी थिइन् र उनले चुनाउ पनि जितेको थियो। त्यस समय पति पत्नीसॅंगै थिए। पछि दुईबिच सम्बन्ध बिग्रियो र एकअर्कासॅंग अलग भए।

यसपाली तृणमूलको टिकटमा आफ्नो जितलाई लिएर आश्वस्त सुजाताले भनिन्, मलाई अब जनताको निम्ति सोझो रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। यो मेरो घरेलू मैदान हो र मलाई मानिसहरूले चिन्छन्।

अर्कोतिर, सौमित्र खानले हिन्दूस्थान समाचारलाई भने, बंगालका मानिसहरूलाई ममता ब्यानर्जीको सरकारले केही दिएन। आवास योजना होस्, नि:शुल्क राशन होस वा पेन्शन सबै केन्द्र सरकारको फण्डबाट प्राप्त हुन्छ र ममता ब्यानर्जीको सरकारले त्यसलाई आफ्नो नाम गरेर चलाइरहेको छ। वास्तवमा मानिसहरूको पैसा जुन केन्द्रबाट बंगाल आउॅंछ त्यसलाई पनि ममता ब्यानर्जीका केही मानिसहरूले खाइदिन्छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande