शिक्षा कार्यालय र सीआरसीका समन्वयकहरूबीच समन्वय सभा सम्पन्न
शिक्षा कार्यालय र सीआरसीका समन्वयकहरूबीच समन्वय सभा सम्पन्न


पाकिम, 06 मई (हि.स.)। पाकिम जिल्ला अन्तर्गत जिल्ला शिक्षा कार्यालय र सीआरसीका समन्वयकहरूलाई लिएर एक समन्वय सभा सम्पन्न भयो। सीईओको कार्यालयमा सम्पन्न भएको सभाको अध्यक्षता एडी छेत्रीले गरेका थिए। आज सम्पन्न भएको सभामा जिल्ला शिक्षा कार्यालयबाट संयुक्त निर्देशक, उपनिर्देशक, सीआरसीका समन्वयकहरू लगायत अन्यहरूको उपस्थिति रहेको थियो।

यस सभा आयोजना गरिनुको मुख्य उद्देश्य शैक्षिक समस्याहरू र समग्र शिक्षा, शिक्षा विभाग अन्तर्गतका विभिन्न योजनाहरूको कार्यान्वयनबारेमा र अनुगमनबारे छलफल गर्नु रहेको थियो। आजको सभामा विभिन्न एजेन्डाहरूमाथि छलफल गरेपछि बहुमतले पारित गरियो। कक्षा III, V र VIlI को लागि टर्म 1 को परीक्षा केन्द्रीकृत प्रश्न मार्फत सञ्चालन गर्ने निर्णय गरिएको छ। यसका लागि सीआरसी संयोजकहरूलाई जिम्मेवारी सुम्पिएको छ।

सोही प्रकारले बैठकमा तेस्रो, पाँचौ र सातौं श्रेणीका विद्यार्थीहरूको अंक र पाठ्यक्रम पनि तय गरियो। यसरी नै अन्य विषयहरूबारे पनि आजको सभामा छलफल गरेको जानकारी गराइएको छ। बैठकमा विद्यालयको निम्ति असल अभ्यास, अभिनव अभ्यास, पीएम पोषण, छात्रवृत्ति, प्रेरणा उत्सव, योगा ओलम्पियाड 2024 बारे पनि चर्चा गरियो।

हिन्दुस्थान समाचार


 rajesh pande