जिल्लापालले गरिन् मनसुनको पूर्व तयारीबारे समीक्षा सभा
जिल्लापालले गरिन् मनसुनको पूर्व तयारीबारे समीक्षा सभा


सोरेङ, 06 मई (हि.स.)। आगामी मनसुनलाई लिएर पूर्व तयारी सम्बन्धित समीक्षा सभा आज सोरेङ जिल्लाको रूअर्बन कम्पलेक्समा सम्पन्न भयो। जिल्ला आपदा प्रबन्धन प्राधिकरणको पहलमा आयोजित सभाको अध्यक्षतामा जिल्लापाल हिस्से डी. योङदाले गरेकी थिइन्। सभामा जिल्ला उपाध्यक्ष सीबी कामी, अतिरिक्त जिल्लापाल धिराज सुबेदी लगायत विभिन्न विभागका प्रमुखहरूको पनि सहभागिता रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल हिस्से डी. योङदाले यस सभा आयोजना गरिनुको मुख्य लक्ष्य र उद्देश्यबारे जानकारी गराउँदै सबै लाइन विभागको तयारीबारे समीक्षा पनि गरिन्। विशेष गरेर उनले कुनै पनि समयमा प्रतिकूल परिस्थितिसँग जुझ्नको निम्ति सरोकारवालाहरुबीच एक अर्कामा तालमेल राखेर अघि बढनुपर्ने सुझाउ दिएकी छन्। यसैगरी, उनले पानीजन्य रोग डेङ्गु, टाइफाइडबाट बाँच्न सचेतना, मौसमी रुघाखोकी र सर्पले टोक्दा प्रयोग गरिने औषधिको भण्डारण गर्न स्वास्थ्य विभागलाई निर्देशन दिइन्।

उनले पीएचई विभागलाई प्रदुषण विरुद्ध पानी जलाशयहरूको पूर्ण निरीक्षण सुनिश्चित गर्न सुझाउ दिएकी छन्। यसरी नै उनले वार्षिकरूपमा पानीको मुहान, पानीको ट्याङ्की सरसफाई गर्नुपर्ने निर्देश दिइन्। उनले मानसिक स्वास्थ्यबारे ध्यान आकर्षित गर्दै मानिसहरूलाई व्यावसायिक सहायता लिन प्रोत्साहित गर्नुपर्ने बताइन्। उनले भूमि राजस्व तथा आपदा प्रबन्धन विभागमा भर्ना भएका कर्मचारीहरुको क्षमता विकास गरेर उनीहरूलाई आपदको समयमा अतिरिक्त कार्यबलको रूपमा प्रयोग गर्नु पर्ने बताइन्।

जिल्लापालले जिल्लामा घट्दो प्रजनन दरको चिन्ताजनक विषयमाथि पनि ध्यान आकर्षित गर्दै यस विषयमा जनचेतना जगाउनुपर्ने आवश्यकताबारे बताइन्। यस अतिरिक्त उनले पीएम गतिशक्ति कार्यक्रमबारे पनि अधिकारीहरूलाई जानकारी गराइन्।

हिन्दुस्थान समाचार


 rajesh pande