गोलकगंजमा 89 बोतल विदेशी रक्सी जफत
गोलकगंजमा 89 बोतल विदेशी रक्सी जफत


धुबड़ी (असम), 6 मई (हि.स.)। लोकसभा चुनाउको तेस्रो एवं राज्यको अन्तिम चरणको मतदानपूर्व धुबड़ी गोलकगंज प्रशासनले ‘ड्राई डे’- को दिन नशालू पदार्थ विरोधी खोजी अभियान संचालन गऱ्यो। अभियानको क्रममा पुलिसले भारी मात्रामा अंग्रेजी रक्सी जफत गऱ्यो।

वास्तवमा लोक प्रतिनिधित्व अधिनियम- 1951 र असम उत्पाद शुल्क नियम- 2016 (संशोधन)- को धारा 1951 तथा 135 (सी) अन्तर्गत धुबरी जिल्लामो तेस्रो चरणको संसदीय निर्वाचन क्षेत्रहरूलाई मध्यनजर गर्दै असमका राज्यपालले रक्सी राख्ने, बेच्नेमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएका छन्। यद्यपि केही असामाजिक तत्वहरूले अंग्रेजी रक्सीको व्यापार गरिरहेको जानकारी प्राप्त भएको थियो।

ड्राई डेको दिन सोमवार एक सूचनाको आधारमा गोकलगंज थानाका सब-इन्स्पेक्टर संजीव कुमार नाथको नेतृत्वमा पुलिसले गोलकगंज टेपटेपी बजारमा छापा मारेर 89 बोतल अंग्रेजी रक्सी जफत गऱ्यो। यद्यपि यस सम्बन्धमा कसैलाई पक्राउ गरिएको छैन। धुबड़ी जिल्लामा 7 मईमा लोकसभा चुनाउको लागि मतदान भइरहेको छ। यसको लागि जिल्ला प्रशासनले सबै तयारीहरू पूर्ण गरिसकेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande