राज्यपाल विरूद्ध आरोपहरूको जॉंच गर्न कोलकाता पुलिसले बनायो टीम
राज्यपाल विरूद्ध आरोपहरूको जॉंच गर्न कोलकाता पुलिसले बनायो टीम


कोलकाता, 06 मई (हि.स.)। पश्चिम बंगालका राज्यपाल डा. सीवी आनन्द बोसमाथि लागेको यौन उत्पीडनको आरोपहरूको जॉंचको निम्ति पुलिसले एक विशेष टीम गठन गरेको छ। उक्त टीमले मामिलाको जॉंच शुरू गरेको छ।

लाल बजारस्थित कोलकाता पुलिस मुख्यालय सूत्रहरू अनुसार, यस मामिलामा राजभवनलाई मेल गरिएको छ र सीसीटीवी फुटेज मागिएको छ। राजभवनमा काम गर्ने एक अस्थायी कर्मचारीले राज्यपालमाथि यौन उत्पीडनको आरोप लगाएकी छन्। पुलिसलाई दिएको आफ्नो आवेदनमा महिलाले कथित उत्पीडनको तारिक र समय बताएकी छन् भने पुलिसले सोही समयको सीसीटीवी फुटेज मागेको छ।

यस अतिरिक्त राजभवनका चार कर्मचारी विरुद्ध नोटिस दिएर हेयर स्ट्रेट थानामा उपस्थित लगाइएको छ। आज सॉंझ चार बजीसम्म उनीहरूलाई उपस्थित हुन आदेश दिइएको छ। उल्लेख्य, यस घटनालाई लिएर राज्यपाल बोसले राजभवनमा पुलिसको प्रवेशमाथि रोक लगाएका छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande