हैलाकांदीमा पेट्रोल-डिजलको संकट
हैलाकांदीमा पेट्रोल-डिजलको संकट


हैलाकांदी, 6 मई (हि.स.)। बराक औ ब्रम्हपुत्र घाटीबीच सम्पर्क विच्छिन्न भएपछि बराक घाटीमा पेट्रोल-डिजलको संकट व्याप्त भएको छ। हैलाकांदीमा पेट्रोल-डिजलको अभाव व्याप्त भएपछि उपभोक्ताहरूलाई विभिन्न समस्याहरूको सामना गर्न परिरहेको छ।

हैलाकांदी जिल्लास्थित एक पेट्रोल डिपोमा पेट्रोल नभएको जानकारी प्राप्त भएको छ जसले गर्दा उपभोक्ताहरू चिन्तित भएका छन्। वाहन चालक र यात्रीहरूलाई आवत-जावत गर्न कठिन भइरहेको छ। यस्तो स्थिति बितेका तीन दिनदेखिको भइरहेको अविरल वर्षाले ट्रेन र सड़क मार्गमा धेरै ठाउँ पैह्रो गएको कारणले सृजित भएको हो।

पूर्वोत्तर सीमा रेल (पूसीरे)- का एकजना अधिकारीले “हिन्दुस्थान समाचार”- लाई सोमवार बताए, पछिल्लो केही दिनदेखिको रेलवे लाइन डिमा हसाओ जिल्लामा पैह्रोको शिकार भएको छ जसले गर्दा ट्र्याक दुर्बल भएको छ। यसैले प्यासेन्जर ट्रेनहरूको आवागमन भइरहेको भए पनि माल वाहक ट्रेनहरूको परिचालन भने बन्द छ। फलस्वरूप बराक घाटी सहित अन्य पूर्वोत्तर राज्यहरूलाई सामानहरू पठाउन सकिएको छैन। वास्तवमा ट्रेनको माध्यमबाट व्यापक मात्रामा आवश्यकीय सामानहरू पुऱ्याउन सहज हुन्छ। प्रत्येक वर्ष मनसुनमा ट्रेनहरूको परिचालन प्रभावित हुन्छ। सड़क मार्गबाट धेर सामान पठाउन सकिँदैन। यसैले वर्तमानमा बराक घाटीमा पेट्रोलियम पदार्थहरूको अभाव व्याप्त भएको छ।

पूसीरेका अधिकारीले बताए, रेलवे ट्र्याक मरम्मत गर्ने कार्य तीव्र गतिमा अघि बढ़िरहेको छ। यसबीच वर्षा पनि उतिकै भइरहेको छ जसले मरम्मत कार्यमा बाधा उत्पन्न गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande