कुचबिहारको अस्पतालमा गोर्खे चेलीमाथि भएको दुर्व्यवहार असहनीय: नोरा सुब्बा
कुचबिहारको अस्पतालमा गोर्खे चेलीमाथि भएको दुर्व्यवहार असहनीय: नोरा सुब्बा


दार्जीलिङ, 06 मई (हि.स.)। कुचबिहारको एक अस्पतालमा गोर्खे महिला नर्समाथि भएको दुर्व्यवहारलाई लिएर हाम्रो पार्टीको नारी शक्तिले कड़ा प्रतिक्रिया जनाएको छ। आइतवार कुचबिहारको महाराजा जितेन्द्र मेडिकल कलेज एवं अस्पतालमा कार्यरत पहाड़की एक महिलामाथि अस्पतालका एकजना डाक्टरले अभद्र व्यवहार गरेको घटनाले आहत बनाएको नारी शक्तिकी केन्द्रिय कार्यकर्ता नोरा सुब्बाले बताइन्।

उनले भनिन्, अस्पतालमा कार्यरत पहाड़की गोर्खे नर्समाथि अस्पतालका डाक्टरले अभद्र व्यवहार गर्दै हातपात गर्ने जुन प्रयास गरे त्यसको हामी कठोर शब्दमा निन्दा गर्छौं। गोर्खे चेलीमाथि यस प्रकारको घटना पहिलो होइन। गत केही दिनअघि पनि सिलगढीको मतिगढामा एक गोर्खे चेलीको हत्या गरिएको थियो।

हाम्रो पार्टीको नारी एकाई नारी शक्तिकी कार्यकर्ता सुब्बाले आरोप लगाउँदै भनिन्, हाम्रो पहाडको व्यवस्था ठीक छैन। व्यवस्थाको चौकीमा बस्ने पनि ठीक नभएकाले यस्ता घटनाहरू भइरहेका छन्। पहाडको व्यवस्थाको चौकीमा बस्नेहरूले सिस्टमको कुरा गर्छन्, तर सिस्टमको कुरा गर्नेहरूकै कारणले गर्दा हाम्रो गोर्खे चेलीहरू असुरक्षित बनेका छन्। हिजो, आइतवार कुचबिहार अस्पतालमा घटेको घटनाले हामी धेरै दु:खी छौं।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande