उत्तर प्रदेशको अमेठी र रायबरेली सीटको निम्ति कांग्रेस पार्टीको पर्यवेक्षक नियुक्त
उत्तर प्रदेशको अमेठी र रायबरेली सीटको निम्ति कांग्रेस पार्टीको पर्यवेक्षक नियुक्त


नयाँ दिल्ली, 06 मई (हि.स.)। कांग्रेस पार्टीले आज उत्तर प्रदेशको अमेठी र रायबरेली सीटको निम्ति पार्टी पर्यवेक्षक नियुक्त गरेको छ। पार्टी महासचिव केसी वेणुगोपालले यसबारे एउटा चिट्टी पनि जारी गरेको छ। छत्तीसगढ़का पूर्व सीएम भूपेश बघेललाई रायबरेली सीटको पर्यवेक्षक बनाइएको छ जबकि राजस्थानका पूर्व सीएम अशोक गहलोतलाई अमेठी सीटमा पर्यवेक्षक नियुक्त गरिएको छ।

उल्लेख्य, रायबरेली लोकसभा सीटबाट कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले चुनाउ लड़िरहेका छन् जबकि अमेठीबाट कांग्रेसले गान्धी परिवारका करीबी किशोरी लाल शर्मालाई उम्मेदवार बनाएको छ।

राहुल गान्धी पहिलो पल्ट रायबरेली सीटबाट चुनाउ लड़िरहेका छऩ्। 1999 पछि पहिलो पल्ट अमेठी सीटबाट गान्धी परिवारको कुनै सदस्यले चुनाउ लड़िरहेको छैन।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande