राम विरोधी कांग्रेसको नारा बदलेर 'केटी हौं भने कुटिनेछौं' भयो- राधिका खेड़ा
राम विरोधी कांग्रेसको नारा बदलेर 'केटी हौं भने कुटिनेछौं' भयो- राधिका खेड़ा


नयाँ दिल्ली, 06 मई (हि.स.)। कांग्रेस पार्टीबाट त्यागपत्र दिएपछि राधिका खेड़ा आज मीडिया सामू कांग्रेसमाथि हमलावर देखा परिन्। उनले मीडियासित कुराकानीमा कांग्रेसमाथि कटाक्ष गर्दै भनिन्, जुन कांग्रेसको हरेक बैठक 'रघुपति राघव राजा राम' बाट शुरू हुन्थ्यो, त्यो पार्टी राम विरोधी हुनेछ भनेर मैले कहिलेपनि सोचेको थिइन। जुन पार्टीको नारा ‘केटी हुँ, लड्न सक्छु’ त्यस पार्टीको नारा बदलेर ‘केटी हौं भने कुटिनेछौं’ हुनेछ भऩेर कहिलेपनि सोच्न सक्थिन।

राधिका खेड़ा कांग्रेसको राष्ट्रिय प्रवक्ता हुनका साथ छत्तीसगढ़मा पार्टीको मीडिया विङ सम्हालिरहेकी थिइन्। उनले हिजो कांग्रेसबाट त्यागपत्र दिइन्। त्यसपछि कांग्रेस पार्टीको तर्फबाट कुनै आधिकारिक बयान नआउँदा उनी निक्कै रूष्ट देखा परिन्। उनले शिकायत गरेपछि कुनै कारबाही भएन। अहिलेपनि प्रियंका गान्धी वाड्रा, राहुल गान्धी र मल्लिकार्जुन खड़गे मौन बस्दा उनलाई सताइरहेछ।

उनले कांग्रेस पार्टी छोड़ेकी छऩ्। उनले आरोप लगाइन्, छत्तीसगढ़ कांग्रेसको एक नेता सुशील आनन्द शुक्लाले आफ्नो दुई साथीको साथ रायपुरको पार्टी अफिसमा उनको साथ अभद्रता गर्ने प्रय़ास गरे। उनले भनिन्, जब पार्टीका शीर्ष नेताहरू राहुल गान्धी, प्रियंका गान्धी, मल्लिकार्जुन खड़गे र जयराम रमेशसम्मलाई घटनाबारे जानकारी दिइयो तबपन यस विषयमा कुनै कारबाही भएन।

कांग्रेस पार्टीबाट आफ्नो राजीनामा दिँदा राधिका खेड़ाले भनिन्, मैले सचिन पायलटलाई फोन गरिन तर उनले मसित कुरा गरेनन्। उनका पीएले मलाई सचिन पायलट व्यस्त छन् भऩे। उनको पीएको कसैसित कुराकानी भएको थियो। उनले मलाई घटनाबारे केहीपनि नबोल्ने, आफ्नो मुख नखोल्नु भने। यसपछि मैले भूपेश बघेल, पवन खेड़ा र जयराम रमेशलाई फोन गरे तर तीमध्ये कसैले पनि जवाफ दिएनन्। पछि भूपेश बघेलले मलाई फोन गर्दा म राजनीति छोड्न चाहुन्छ भने तर उनले मलाई छत्तीसगढ़ छोड्नु भने र तब यो सब षड़यन्त्र थियो भन्ने मैले बुझे।

यसपछि हताश भएर मैले कांग्रेस पार्टीलाई बिदा गरे। राहुल गान्धी र प्रियंका गान्धी वाड्रादेखि मैले तीन वर्षदेखि समय मागिरहेछु तर त्यसमध्ये कसैले मसित भेट गरेनन्। मलाई सदैव एक कार्यालयदेखि अर्को कार्यालय पठाइन्थ्यो। यहाँसम्म कि न्याय यात्रामा राहुल गान्धीले कसैसित भेट गरेनन्। उनी आउथे र पाँच मिनट हात हल्लाएर आफ्नो ट्रेलरमा पुनः फर्केर जान्थे, उनको न्याय यात्रा केवल नाम मात्र थियो। मैले प्रियंका गान्धी वाड्रासित भेट्ने प्रय़ास गरे तर उनले कसैसित भेट गरिनन्। उनले भन्छिन्, ‘केटी हुँ, लड्न सक्छु’ तर कांग्रेसको नारा हो ‘केटी हौं भने कुटिनेछौं’।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande