यो संविधान बचाउने चुनाउ, 400 सीट होइन यिनीहरूले 150 पनि पाउनेछैनन्- राहुल गान्धी
यो संविधान बचाउने चुनाउ, 400 सीट होइन यिनीहरूले 150 पनि पाउनेछैनन्- राहुल गान्धी


अलीराजपुर, 06 मई (हि.स.)। कांग्रेस नेता राहुल गान्धीले यो संविधान बचाउने चुनाउ हो किनभने भाजपाले यसलाई समाप्त गर्न चाहन्छ भनेका छऩ्। उनले भने, भाजपाले 400 नाघ्ने कुरा गर्छ तर उसले 150 भन्दा पनि बेसी सीट पाउनेछैन। अहिले आरक्षणमा आदिवासी, दलित र पछौटेहरूको कुनै भागीदारी छैन यसैले यस आरक्षणलाई 50 प्रतिशतभन्दा अगाड़ी बढ़ाउनेछऩ्। जसलाई जति आरक्षण चाहियो, उसलाई दिइनेछ। हामी चाहन्छौं, निजी र पब्लिक सेक्टरमा तपाईहरूको सहभागिता होस् यसको निम्ति हामी जातिगत जनगणना गर्न गइऱहेका छौं।

राहुल गान्धी सोमवार मध्य प्रदेशको चुनावी प्रवासमा रतलाम-झाबुआ संसदीय क्षेत्रबाट उम्मेदवार कान्तिलाल भूरियाको समर्थनमा अलीराजपुर जिल्लाको जोबटमा आयोजित जनसभालाई सम्बोधित गरिरहेका थिए। उनले भने, मोदीले 22 जनाको लाखौं करोड़ रूपियाँको ऋण क्षमा गरे। अरबपतिहरूलाई पैसा दिए यसैले अब हामीले करोड़ौं मानिसहरूलाई लखपति बनाउने मन बनाएका छौं। महालक्ष्मी योजनामा एक गरीब परिवारको लिस्ट बनिनेछ। त्यसमध्ये एक महिलाको चयन हुनेछ र उक्त महिलाको ब्याङ्क अकाउन्टमा हरेक साल एक लाख रूपियाँ हाल्नेछौं। 8500 रूपियाँ हरेक महिना त्यस दिनसम्म हालिनेछ जबसम्म उक्त परिवार गरीबी रेखादेखि बाहिर आउँदैन।

उनले भऩे, हामी तपाईको निम्ति एमएसपीमा कानून ल्याउनेछौं। हामी जस्तै सत्तामा आउनेछौं हामी सबै किसानहरूको ऋण माफी गर्नेछौं। दलित-पछौटे वर्ग र गरीबहरूका लागि हामीले योजना ल्याएका छौं, पहिलो नोकरी पक्का। देशमा 45 वर्षमा सबैभन्दा धेरै बेरोजगारी छ। यसको निम्ति हामी यो योजना ल्याउन गइऱहेका छौं। हामी हिन्दुस्तानका सबै ग्रेजुएटलाई एक वर्षको नोकरीको अधिकार दिन गइऱहेका छौं। यसबाट हरेक युवाको ब्याङ्क अकाउन्टमा हामी प्रति वर्ष एक लाख रूपियाँ हाल्नेछौं।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande