तेस्रो चरणको मतदानको तयारी पूर्ण, मतदान कर्मीहरू केन्द्रसम्म पुगे
तेस्रो चरणको मतदानको तयारी पूर्ण, मतदान कर्मीहरू केन्द्रसम्म पुगे


बजाली (असम), 6 मई (हि.स.)। जिल्ला प्रशासनले तेस्रो चरणमा मंगलवार हुने मतदानको लागि सबै तयारी पूरा गरेको छ। 21औं भवानीपुर सरभोग विधानसभा क्षेत्रमा रहेका 254 मतदान केन्द्र तथा 26औं बजाली विधानसभा क्षेत्रमा रहेका 220 मतदान केन्द्रहरूको लागि मतदान अनि पीठासीन अधिकारीहरू भट्टदेब विश्वविद्यालयदेखि प्रस्थान भइसकेका छन्।

बजाली जिल्ला प्रशासन निष्पक्ष औ शान्तिपूर्वक मतदान गराउनको लागि पूर्ण रूपमा तयार छ। यहाँ 7 मईमा मतदान भइरहेको छ। 21औं भवानीपुर सरभोग विधानसभा क्षेत्र र 26औं बजाली विधानसभा क्षेत्रमा महिला संचालित मतदान केन्द्र 30 तथा 4 मोडल मतदान केन्द्र बनाइएको छ।

जिल्लाका आयुक्त औ पुलिस अधीक्षकले बताएका छन्, सबै मतदान केन्द्रहरूमा सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। महिला अधिकारीहरूद्वारा संचालन गरिने मतदान केन्द्रहरूमा महिला सुरक्षाकर्मीहरूलाई तैनाथ गरिएको छ।

उल्लेखनीय छ, राज्यका 14 लोकसभा क्षेत्रमा पहिलो र दोस्रो चरण अन्तर्गत 10 लोकसभा क्षेत्रहरूमा मतदान भइसकेको छ भने अब तेस्रो चरणमा 7 मईमा चार लोकसभा क्षेत्रमा मतदान हुनेछ जसमा गुवाहाटी, बरपेटा, धुबड़ी र कोकराझार लोकसभा क्षेत्र सामेल छन्। तेस्रो चरणमा 81 लाखभन्दा अधिक मतदाताहरूले मतदान गर्नेछन्। यस चरणमा चार लोकसभा सीटमा कुल 47 उम्मेद्वारहरू चुनावी मैदानमा उत्रेका छन्।

पहिलो चरण अन्तर्गत गत 19 अप्रेलमा काजीरंगा, जोरहाट, डिब्रुगढ़, शोणितपुर औ लखिमपुर निर्वाचन क्षेत्रबाट 35 उम्मेद्वारहरूको भाग्यको फसेला गर्नको लागि 78.25 प्रतिशत मतदाताहरूले आफ्नो मताधिकारको प्रयोग गरेका थिए भने दोस्रो चरणमा गत 26 अप्रेलको दिन 81.17 प्रतिशत मतदाताहरूले करीमगंज, सिलचर (एससी), डिफु (एसटी), नगाउँ औ दरंग-उदालगुड़ीका 61 उम्मेद्वारहरूको भाग्यको फसेला गर्नको लागि मतदान गरेका थिए।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande