सिक्किमका आइरनम्यान पेमा भोटियालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
Pema bhutia- lifetime achievement 


गान्तोक, 07 मई (हि.स.)। लामो समयदेखि सिक्किममा स्ट्रेथ लिफ्टिङको खेललाई प्रवर्द्धन गर्न सफल र युवाहरूलाई खेलकुदमा प्रोत्साहित गर्न सधैँ अघि रहने पेमा भोटियालाई उनको योगदानको लागि लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनद्वारा आयोजित यस सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा सिक्किम ओलम्पिक संघका अध्यक्ष कुबेर भण्डारीले उनलाई यो सम्मान प्रदान गरेका थिए। आइरनम्यान पेमा भोटिया विगत २८ वर्षदेखि सिक्किममा आइरन गेमको विकासमा संलग्न छन्।

राङ्कास्थित एउटा फार्म हाउसमा आयोजित भव्य कार्यक्रममा उनलाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रममा खेलकुद विभागका उपनिर्देशक केडी लेप्चा र शारीरिक सुगठन संघका सचिव युगेश राईको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा सिक्किम स्ट्रेन्थ लिफ्टिङ एसोसिएसनका अध्यक्ष एलेन टार्गेन लगायत अन्य पदाधिकारीहरू, पेमा भोटियाका विद्यार्थीहरू र अभिभावकको व्यापक उपस्थिति रहेको थियो। उनले यस सम्मानका लागि संघप्रति आभार व्यक्त गरे । यसले उनको काममा थप उर्जा मिल्ने बताउँदै आगामी दिनमा पनि युवालाई यो दिशामा थप हौसला दिने साहस उनले पाएको बताए । उनले संस्था र सम्पूर्ण सहयोगीहरुप्रति आभार व्यक्त गरेका छन् ।

हिन्दुस्थान समाचार


 rajesh pande