सोनपुरको खाली घरमा चोरी
सोनपुरको खाली घरमा चोरी


अलिपुरद्वार, 07 मई (हि.स.)। अलिपुरद्वार-1 नम्बर ब्लक अन्तर्गत सोनापुर चौपतीस्थित एउटा खाली घरमा चोरी भएको घटना अघि आएको छ। मंगलवार बिहान यो घटना अघि आएको हो।

स्थानीय मानिसहरूले बताए, चोरी भएको घरमा परिवारका सदस्यहरू कोही पनि थिएनन्। भनिन्छ, चोरले यसैको फाइदा उठाएर गए सोमवार अबेर राती चोरीको घटनालाई परिणाम दिएको हुनसक्छ। मंगलवार बिहान घरमा चोरी भएको थाहा लाग्नसाथ स्थानीय मानिसहरूले सोनापुर चौकीको पुलिसलाई सूचना दिए। पुलिसले घटनास्थलमा पुगेर जाँच गऱ्यो।

बताइन्छ, चोर ग्रिलको ताला फुटाएर घरभित्र पसेको थियो। त्यसपछि दराज भत्काएर गहनाहरू चोरेर त्यहाँबाट टाप कसे। चोरले के-के चोरेको छ, त्यसबारे घरका मानिसहरू फर्केर आएपछि मात्र थाहा पाइनेछ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande