अरविन्द केजरीवाल भीडियो कान्फ्रेन्सिंगको माध्यमबाट पेश भए, न्यायिक हिरासत 20 मईसम्म बढ़्यो
अरविन्द केजरीवाल भीडियो कान्फ्रेन्सिंगको माध्यमबाट पेश भए, न्यायिक हिरासत 20 मईसम्म बढ़्यो


नयाँ दिल्ली, 07 मई (हि.स.)। दिल्लीको राऊज एभेन्यू कोर्टकी स्पेशल जज कावेरी बावेजाले दिल्ली आबकारी घोटाला मामिलामा थुनामा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत आगामी 20 मईसम्म बढ़ाइदिएकी छन्। आज केजरीवालको न्यायिक हिरासत समाप्त भइरहेको थियो जसपश्चात उनलाई भीडियो कन्फ्रेन्सिंगको माध्यमबाट पेश गरियो।

कोर्टले 23 अप्रेलमा केजरीवालको न्यायिक हिरासतलाई आजसम्मको लागि ब़ढ़ाइदिएको थियो 23 अप्रेलसम्म उनलाई न्यायिक हिरासतमा पठाइदिएको थियो। यसरी नै 1 अप्रेलमा कोर्टले 15 अप्रेलसम्मको लागि न्यायिक हिरासतमा पठाएको थियो। 28 मार्चको पेशीमा केजरीवालले भनेका थिए, उनी राजनीतिक षड़यन्त्रको शिकार भएका छन्। जनताले यसको जवाफ दिनेछन्। यस दिन केजरीवाल स्वयंले कोर्टमा आफ्नो कुरा राख्दै भनेका थिए, असली घोटाला त ईडीको जाँचपछि शुरू भयो। ईडीको उद्देश्य आम आदमी पार्टीलाई निमिट्यान्न पार्नु हो।

केजरीवालले भनेका थिए, ईडीको उद्देश्य आप पार्टी भ्रष्टाचारी रहेको स्मोक क्रिएट गर्नु थियो। ईडीको अर्को उद्देश्य धन आर्जन गर्नु हो। उनले भनेका थिए, यस मामिलामा शरद रेड्डीले पक्राउपछि भारतीय जनता पार्टी (भाजपा)-लाई 55 करोड़ रुपियाँ दिए। भाजपालाई इलेक्टोरल बण्डको रूपमा पैसा दिएपछि शरद रेड्डीलाई जमानत प्राप्त भयो।

केजरीवालको पक्राउलाई चुनौती दिने याचिका दिल्ली हाई कोर्टद्वारा खारेज भएपछि केजरीवालले सुप्रीम कोर्टको ढोका पनि ढक्ढकाएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande