वन विभागको खोरमा थुनियो चितुवा, स्थानीयहरूले राहत महसूस गरे
वन विभागको खोरमा थुनियो चितुवा, स्थानीयहरूले राहत महसूस गरे


अलिपुरद्वार, 07 मई (हि.स.)। जिल्लाको कालचीनी ब्लक अन्तर्क चिन्चुला चिया बगानका बासिन्दाहरू विगत केही दिनदेखिको चितुवाको आतंकबीच बाँचिरहेका थिए। मंगलवार बिहान चितुवा पिञ्जरामा थुनिएपछि स्थानीय बासिन्दाहरूले ठूलो राहत महसूस गरेका छन्।

सूत्र अनुसार स्थानीयहरूलाई लामो समयदेखिकै चिन्चुला चिया बगानमा चितुवा रहेको अनुभूत भइरहेको थियो। यहाँसम्म कि चितुवाको आक्रमणमा परी केही कर्मचारीहरू घाइते समेत भएका थिए। चितुवाको कारणले आतंकित ग्रामीणहरूले चितुवालाई समात्नको लागि वन विभागलाई आवेदन गरेका थिए। उक्त आवेदनको आधारमा वन विभागद्वारा क्षेत्रमा एउटा खोर राखियो।

आज बिहान उक्त खोरभित्र चितुवा फसेको स्थानीय मानिसहरूले देखे। यसको सूचना वन विभागलाई दिइयो। वन विभागीय कर्मचारीहरू घटनास्थलमा पुगेर चितुवालाई कब्जामा लिए। सूत्र अनुसार चितुवा स्वस्थ छ जसलाई बक्सा टाइगर प्रोजेक्टको जंगलमा छोड़िनेछ। यता चितुवा खोरमा कैद भएपछि स्थानीय मानिसहरूले राहत महसूस गरिरहेका छन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande