मतदान अवधि हिंसाको केन्द्र बन्यो मुर्शिदाबाद
मतदान अवधि हिंसाको केन्द्र बन्यो मुर्शिदाबाद


कोलकाता, 7 मई (हि.स.)। पश्चिम बंगालका चार लोकसभा सीटमा मंगलवार बिहान सात बजेदेखि भइरहेको छ। यसबीच मुर्शिदाबाद जिल्लाका दुई निर्वाचन क्षेत्रबाट हिंसाका खबरहरू आइरहेका छन्। यहाँको भगवानगोला विधानसभा सीटमा उपचुनाउको लागि पनि मतदान भइरहेको छ। त्यहाँ पनि हिंसा जारी छ। पूर्व तृणमूल कंग्रेस विधायक इदरिश अलीको असामयिक निधन भएपछि यो सीट खाली भएको थियो।

मुर्शिदाबाद जिल्लाको डोमकलमा स्थानीय कंग्रेस नेताको आवासलाई लक्षित गरेर कथित रूपमा बम फालिएपछि तनाउ बढ़्यो। तनाउलाई मध्यनजर गर्दै केन्द्रिय सशस्त्र पुलिस बलका जवानहरू घटनास्थलमा पुगे अनि स्थितिलाई नियन्त्रण गरे।

मतदान शुरू भएको तुरून्तैपछि मुर्शिदाबाद जिल्लाको रानीनगरमा पनि तनाउ बढ़्न थाल्यो। तनाउ त्यसबेला बढ़्यो जतिबेला माकपाका बूथ एजेन्टलाई बूथबाट बलजफ्ती बाहिर निकालियो। कथित रूपमा सत्तारूढ़ तृणमूल कंग्रेसका कार्यकर्ताहरूले पछ्याइरहेका माकपा एजेन्ट मुस्तकिम शेख भाग्यवश भाग्न सफल भए। तिनी भागेर एक केरा बगैचामा लुके।

पश्चिम बंगालमा माकपाका राज्य सचिव औ मुर्शिदाबाद निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेद्वार मोहम्मद सलिमले आरोप लगाए, निर्वाचन क्षेत्रका विभिन्न ठाउँहरूमा उनीहरूको पार्टी कार्यकर्ता अनि एजेन्टहरूलाई मंगलवार बिहानदेखिकै धम्की दिइँदैछ।

मालदा दक्षिणबाट भाजपा उम्मेद्वार श्रीरूपा मित्रा चौधरीले पनि यस्तै आरोप लगाएकी छन्, उनकी एक महिला बूथ एजेन्टलाई उक्त निर्वाचन क्षेत्रको इंग्लिश बजार क्षेत्रमा मतदान केन्द्रदेखि बलजफ्ती बाहिर निकालियो। अऩ्तमा म स्वयं त्यस बूथमा पुगे अनि बूथमा आफ्नो एजेन्टको प्रवेशलाई सुनिश्चित गराएँ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande