मोहम्मद सलिमले फर्जी एजेन्टलाई समाते, कुटपिट गरेको आरोप
मोहम्मद सलिमले फर्जी एजेन्टलाई समाते, कुटपिट गरेको आरोप


कोलकाता, 07 मई (हि.स.)। मुर्शिदाबादको गोपीनाथपुरस्थित बूथ नम्बर 36- मा माकपा प्रत्याशी मोहम्मद सलिमले एक फर्जी एजेन्ट र भोटरलाई घटनास्खलबाटै समातेका छन्। त्यसपछि उनले गाउँमा घुमेर स्थितिलाई बुझ्ने प्रयास गरे। उनले मतदाताहरूलाई अवश्य भोट दिने अपील गरे। तर पनि हिंसालाई रोक्न सकिएन। सीपीएम उम्मेद्वार केही अगाड़ि बढ़ेका मात्र थिए ''''फर्केर जाऊ''''- को नारा लाग्न थाल्यो। यो नारा तृणमूल कार्यकर्ताहरूको एक वर्गले लगाए। यसमाति विवाद बढ़्यो अनि माकपा कार्यकर्ताहरूसित उनको झड़प भयो। मोहम्मद सलिमलाई पनि धक्कामुक्का गरेको आरोप छ।

फर्जी एजेन्टलाई समातेपछि मोहम्मद सलिमले भने, ''''फर्जी एजेन्टको रूपमा तृणमूलका मानिसहरू बसेका छन् तथा लेफ्ट अनि इण्डिपेन्डेन्ट पार्टीका एजेन्टहरूमाथि कुटपिट गरिरहेका छन्। यस्तो चोरी त मैले पहिलो पटक देखिरहेको छु। पक्राउ गर्नको लागि भनिए पनि सेक्टर अफिसरले पक्राउ गरिरहेका छैनन्।”

साथै क्षेत्रका तृणमूल कार्यकर्ता हिटलर सरकारले आरोप लगाए, सलिमले उनीमाथि कुटपिट गरे। उनको शब्दहरूमा- ''''मोहम्मद सलिमले ममाथि हातपात गरे। उनले मेरो कलर समाते। उनलाई पक्राउ गरिनुपर्छ। पत्रकारहरूको अगाड़ि नै मलाई कुटे। म झूटो बोलिरहेको छुइनँ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande