मतदान गर्नु कुनै सामान्य दान होइन, यसको महत्व छ- प्रधानमन्त्री मोदी
मतदान गर्नु कुनै सामान्य दान होइन, यसको महत्व छ- प्रधानमन्त्री मोदी


अहमदाबाद, 07 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार बिहान अहमदाबादको राणीप स्थित निशाल स्कूलमा मतदान गरेपछि मीडियासित कुराकानीमा लोकतन्त्रको पर्वलाई उत्सवको रूपमा मनाउने अपील गरे। उनले गर्मीमा भागदौड़ गरिरहेका मीडिया साथीहरूलाई आफ्नो स्वास्थ्यको ध्यान राख्न सुझाउ पनि दिए। प्रधानमन्त्री मोदीले दुई चरणको चुनाउ प्रक्रिया शान्तिपूर्ण भएको, हिंसाको घटना नगण्य भएकोमा चुनाउ आयोग समेत, सुरक्षा बल र चुनाउ प्रक्रियासित जोड़िएका सबै प्रशासनिक अधिकारीहरूलाई बधाई दिए।

प्रधानमन्त्रीले मीडियाकर्मीहरूलाई गर्मीमा आफ्नो स्वास्थ्यमाथि ध्यान दिनु भने। उनले भने, यस गर्मीमा मानिसहरूलाई दिनरात हृदयघात भइऱहेछ। तपाईले आफ्नो स्वास्थ्यको पनि चिन्ता गर्नुहोस्। चुनाउको दिनमा पत्रकार साथीहरूलाई दिन-रात दौड़िनुपर्छ। मीडियामा कम्पिटिशन पनि यति छ कि तपाई समयभन्दा अगाड़ी दौड़िनुपर्छ। म त यही प्रार्थना गर्छु कि तपाई सबै साथीहरूले अवश्य आफ्नो स्वास्थ्यको ध्यान राख्नुहोस्। म संधै पानी पूरा पिउने गर्नु भन्छु। जति धेरै पानी पिउनेछौं स्वास्थ्यको निम्ति पनि लाभदायक हो र उर्जा पनि मेन्टेन भइरहन्छ।

राणीपको रेगुलर मतदाता हुँ, अमित भाई भाजपा उम्मेदवार

प्रधानमन्त्रीले भने, म अहमदाबादको राणीपमा रेगुलर मतदाता हुँ र यहाँ म आएर मतदान गर्छु। आज तेस्रो चरणको मतदान हो। म देशवासीहरूसित विशेष रूपमा आग्रह गर्छु कि लोकतन्त्रमा मतदान सामान्य दान होइन, हाम्रो देशमा दानको एक महात्म्य छ र त्यही भावले देशवासीले धेरैभन्दा धेरै मतदान गर्नुहोस्। आज तेस्रो चरणको मतदान हो, अब लगभग तीन हप्ता चुनाउ अभियान चल्नेछ, अहिलेपनि चार चरणको मतदान छ। गुजरातमा मतदाताको नाताले मेरो निम्ति यही एक ठाउँ हो जहाँ म रेगुलर मतदान गर्छु। अमित भाई यहाँबाट भाजपा उम्मेदवारको रूपमा चुनाउ लड़िरहेका छन्।

चुनाउ आयोगको भोटर फ्रेन्डली अभियान

प्रधानमन्त्री मोदीले चुनाउ आयोगको भोटर फ्रेन्डली अभियानको सराहना गरे। उनले भने, म हिजो राति नै आन्ध्रबाट आएको हुँ। अहिले गुजरातमा छु तर मलाई मध्य प्रदेश, महाराष्ट्र र तेलङ्गाना जानुछ। यति कम समयमा म धेरै कुरा गर्न सक्दिन तर म गुजरात र देशका मतदाताहरूको आभार व्यक्त गर्न चाहन्छु कि उनीहरूले उत्साह-उमंगको साथ मतदानमा हिस्सा लिन्छऩ्। आज गुजरातमा लोकतन्त्रको उत्सव छ। पहिलो दुई चरणको मतदानमा नगण्य हिंसाको घटना भएको छ।

चुनाउ आयोग, देशको सुरक्षा बलहरू र चुनाउको व्यवस्थासित जोड़िएका प्रशासनिक अधिकारीहरूलाई अभिनन्दन दिन चाहन्छु। यस पाली चुनाउ आयोगले धेरै प्रकारको व्यवस्था गरेको छ। चुनाउ आयोगको पूरा अभियान भोटर फ्रेन्डली मेनेजमेन्टमा ध्यान केन्द्रित रह्यो। आज मैले एउटा घड़ी देखे जसले मतदातालाई तपाईको मतदान भयो ? भनेर अलर्ट गर्दछ। यो घड़ी सबैको मोबाइलमा उपलब्ध छ। चुनाउ आय़ोगले तकनीकको भरपूर उपयोग गऱ्यो। म मीडियाका साथीहरूलाई बताउन चाहन्छु कि हाम्रो देशमा भारतको चुनावी प्रक्रिया यस्तो छ, जुन संसारको लोकतन्त्रको निम्ति एक उदाहरण हो।

संसारका ठूला ठूला यूनिवर्सिटीले यसको केस स्टडी गर्नुपर्छ। आज संसारका 64 देशमा चुनावी प्रक्रिया छ, सबैसित तुलना गर्नुपर्छ। यस वर्ष लोकतन्त्रको उत्सव न केवल भारतमा तर पूरा संसारमा छ। भारतले संसारमा जुनै पनि राम्रो काम गरेको छ, त्यसलाई चुनावी व्यवस्थामा विकसित गरेको छ। चुनाउ आयोग यसको निम्ति अभिनन्दनको अधिकारी हो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande