मतदान केन्द्रमा धाँधलीको आरोपमा बीपीएफ कार्यकर्ता हिरासतमा
मतदान केन्द्रमा धाँधलीको आरोपमा बीपीएफ कार्यकर्ता हिरासतमा


कोकराझार (असम), 07 मई (हि.स.)। असममा तेस्रो तथा अन्तिम चरणको मतदान अवधि आज कोकराझारको मतदान केन्द्रमा धाँधली गरेको आरोपमा बोड़ोल्याण्ड पिपुल्स फ्रण्ट (बीपीएफ)-का एकजना कार्यकर्तालाई हिरासतमा लिइयो। त्यसपछि सम्पूर्ण क्षेत्रमा उत्तेजनाको स्थिति उत्पन्न भयो। यो घटना कोकराझार शहरको साइन्स कलेजस्थित मतदान केन्द्रको हो।

मतदान केन्द्रमा धाँधली गरेको आरोप लागेपछि बीपीएफका कार्यकर्तालाई हिरासतमा लिने क्रममा बीपीएफ कार्यकर्ताहरूको सुरक्षा बलहरूसित धक्कामुक्का भयो। यो घटना त्यसबेला घट्यो जतिबेला बीपीएफ कार्यकर्ताहरूको एक समूह बीपीएफ प्रमुख हग्रामा महिलरीकी पत्नी सेवाली महिलारीको साथमा मतदान केन्द्रमा पुगे। सेवाली महिलारी र उनीसित रहेका केही बीपीएफ कार्यकर्ताहरू विवादमा अल्झिए।

पुलिसले कथित रूपमा सेवाली महिलारीलाई पनि अघि बढ़्नदेखि रोक्यो। सुरक्षा बलहरूले बीपीएफ कार्यकर्तालाई वाहनमा चढ़ाए। यस अवधि पुलिससित बीपीएफ कार्यकर्ताहरूको चर्काचर्की भयो।

यसरी नै अर्को खबर अनुसार कोकराझार लोकसभा क्षेत्रका बीपीएफ उम्मेद्वार खंफा बरगियारीले आज चिरांगको बासुबारी प्राइमेरी स्कूल मतदान केन्द्रमा आफ्नो मताधिकार प्रयोग गरे।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande