चिया बगानको नालीमा भेटियो चितुवाका तीन शावक
चिया बगानको नालीमा भेटियो चितुवाका तीन शावक


जलपाईगुड़ी, 07 मई (हि.स.)। मेटेली ब्लकको एबिल चिया बगानमा चितुवाका तीनवटा शावक देखिएपछि क्षेत्रमा सन्त्राष फैलिएको छ। मंगलवार बिहान काम गर्दै गरेका चिया श्रमिकहरूले बगानको 15 बी सेक्शनको नालीमा चितुवाका तीनवटा शावकहरूलाई देखे।

यो खबर फैलिनसाथ शावकहरूलाई हेर्न मानिसहरूको ताँत लाग्यो। सूचना पाएर खुनिया स्क्वाडका वनकर्मीहरू घटनास्थलमा पुगे अनि शावकहरूलाई त्यहीं छोड़ेर सम्पूर्ण क्षेत्रलाई खाली गर्ने सल्लाह श्रमिकहरूलाई दिए।

वन विभागको सूत्र अनुसार चितुवाले आफ्ना शावकहरूलाई सूर्यास्तपछि लैजानेछ। यसैले चिया बगानका श्रमिकहरूलाई शावकहरूदेखि टाड़ा बस्ने आग्रह गरिएको छ। यसपूर्व पनि एबिल चिया बगानमा धेरैपटक चितुवाका शावकहरूलाई देखिसकिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande