विश्व हिन्दी परिषदले भाजपाको चुनाउ प्रचार गर्ने
विश्व हिन्दी परिषदले भाजपाको चुनाउ प्रचार गर्ने


नयाँ दिल्ली, 07 मई (हि.स.)। विश्व हिन्दी परिषदले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा हिन्दी र भारतीय भाषाहरूको उत्थानको निम्ति गरेका भगीरथ प्रयासलाई ध्यानमा राख्दै यसपाली आम चुनाउमा भारतीय जनता पार्टीको पक्षमा चुनाउ प्रचार गर्ने निर्णय लिएको छ।

उक्त जानकारी विश्व हिन्दी परिषदका महासचिव डा. बिपिन कुमारले एक जारी विज्ञप्तिमा दिएका छन्।

डा. कुमार अनुसार, प्रधानमन्त्रीको समर्पित प्रयासको निम्ति विश्व हिन्दी परिषद र त्यससित सम्बन्धित लाखौं भाषा प्रेमी एकदमै प्रभावित र गौरवान्वित छन्। विश्व हिन्दी परिषद सदैव उनका यी महती कार्यहरूमा पूर्ण ताकतका साथ उनको साथमा छ।

विज्ञप्ति अनुसार, भाजपाको पक्षमा चुनाउ प्रचार गर्ने निर्णय विश्व हिन्दी परिषदको राष्ट्रिय कार्यकारिणीले लिएको हो। साथै परिषदका राष्ट्रिय अध्यक्ष एवं पूर्व सांसद पद्मभूषण आचार्य वाई लक्ष्मी प्रसादसंग आन्ध्र प्रदेशमा भारतीय जनता पार्टीको समर्थनमा लोकसभा चुनाउमा प्रचार-प्रसार गरेर प्रधानमन्त्री मोदीको हात बलियो बनाउन अनुरोध गरिएको छ। आचार्यले कार्यकारिणीको अनुरोधलाई स्वीकार गरेका छन्।

हिन्दुस्थान समाचार/ बिशाल


 rajesh pande