कांग्रेस-बीआरएस गठबन्धन भ्रष्टाचार र तुष्टीकरणको राजनीतिको पर्यायः मोदी
कांग्रेस-बीआरएस गठबन्धन भ्रष्टाचार र तुष्टीकरणको राजनीतिको पर्यायः मोदी


नयाँ दिल्ली, 08 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार तेलङ्गाको करीमनगरमा एक जनसभालाई सम्बोधित गरे। यस अवसरमा उनले भऩे, कांग्रेस-बीआरएस गठबन्धन भ्रष्टाचार र तुष्टीकरणको राजनीतिको पर्याय हो। हिजो देशले सफलतापूर्वक तेस्रो चरणको चुनाउ पूरा गऱ्यो। यस महत्वपूर्ण चरणमा कांग्रेस र इन्डी गठबन्धऩलाई अझ् एक झटका लाग्यो किनभने तेस्रो फ्यूज उड्यो। अहिले चार चरणको चुनाउ बाकी छऩ्, मानिसहरूको भारी समर्थनले उत्साहित भएर भाजपा र एनडीए बहुमत हासिल गर्ने दिशामा द्रूत गतिमा अघि बढ़िरहेछ।

उनले भने, भ्रष्टाचार कांग्रेस-बीआरएस गठबन्धनको पहिचान हो। एक-अर्कामाथि भ्रष्टाचारको आरोप लगाएपनि उनीहरू एकै सिन्डिकेटको हिस्सा हुन्। याद गर्नुहोस् जब बीआरएसले कांग्रेसमाथि 'वोटको निम्ति नगदी' को आरोप लगाएको थियो। जब बीआरएस सत्तामा थियो के तब कुनै जाँच भयो ? यसैगरी कांग्रेसले बीआरएसमाथि कालेश्वरम घोटालाको आरोप लगायो। यति लामो समयसम्म तेलङ्गानाको सत्तामा रहेपनि के कांग्रेसले यसको कुनै जाँच गरायो ? यो स्पष्ट छः दुवै एकै भ्रष्टाचार सिन्डिकेटमा सामेल छन्।

कांग्रेसमाथि हमला गर्दै प्रधानमन्त्रीले भऩे, कांग्रेसको तुष्टीकरण नीतिहरूको सबैभऩ्दा धेरै ठूलो परिणाम एससी, एसटी र बीसी समुदायहरूलाई भोग्नपर्छ। एक पल्ट फेरि कांग्रेसले यी समुदायहरू विरूद्ध षड़यन्त्र रचिरहेछ, उसले यिनीहरूको आरक्षण अधिकार खोस्न चाहन्छ। डा. बाबासाहेब अम्बेडकरले हामीलाई आरक्षणको अधिकार दिए र हाम्रो संविधान धर्म-आधारित आरक्षणको विरोध गर्दछ। यद्यपि, कांग्रेस आफ्नो भोट ब्याङ्कलाई खुशी पार्न एससी, एसटी र बीसी समुदायहरूबाट आरक्षण खोस्न चाहन्छ। हिजो मात्र इन्डी गठबन्धऩका एक प्रमुख व्यक्तिले खुल्ला रूपमा मुसलमानहरूको निम्ति पूर्ण आरक्षणको वकालत गरे, जसको उद्देश्य एससी, एसटी र बीसी समुदायहरूबाट वर्तमान आरक्षण लाभ खोसेर मुसलमानहरूलाई दिनुथियो। यही कारण हो, उसले मडिगा समुदायलाई पनि अधिकार दिने विरोध गर्दछ।

भाजपा र विपक्षी दलहरूबीच तुलना गर्दै प्रधानमन्त्री मोदीले जोड दिँदै भने, भाजपाले सदैव सबैभन्दा माथि राष्ट्र प्रथमलाई प्राथमिकता दिएको छ। यद्यपि, तेलङ्गानामा कांग्रेस र बीआरएस दुवैले पहिले आ-आफ्नो परिवारहरूलाई प्राथमिकता दिन्छन्। कांग्रेस र बीआरएसबीच अन्तर गर्नु धेरै कठिन छ। कांग्रेस-बीआरएस गठबन्धन भ्रष्टाचार र तुष्टीकरणको राजनीतिको पर्याय हो। हामी तेलङ्गानालाई यस विनाशकारी गठबन्धऩदेखि बचाउनु एकजुट हुनु धेरै जरूरी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande