सरकार अल्पमतमा छैन, कार्यकाल पूरा गर्नेछ- हरियाणाका मुख्यमन्त्री
सरकार अल्पमतमा छैन, कार्यकाल पूरा गर्नेछ- हरियाणाका मुख्यमन्त्री


चण्डीगढ़, 08 मई (हि.स.)। हरियाणाका मुख्यमन्त्री नायब सिंह सैनीले कांग्रेस जनताको इच्छाहरू पूरा गर्नको साटो आफ्नो इच्छआहरू पूरा गर्ने पार्टी हो, तीन निर्दलीय विधायकको समर्थन लिएपनि कांग्रेसको इच्छा पूरा हुनेछैन भनेका छन्।

बुधवार सिरसाबाट पार्टी प्रत्याशी अशोक तंवरको आवासमा पत्रकारहरूसित कुराकानीमा मुख्यमन्त्री नायब सिंह सैनीले भने, सरकार बनाउने कांग्रेसको इच्छा रहन्छ। पहिलेपनि दुई पल्ट विधानसभामा अविश्वास प्रस्ताव लिएर आए औं दुवै पल्ट पराजयको सामना गर्नपऱ्यो। एक पल्ट त कांग्रेसका नेता भोटिङ गर्नदेखि भागे। प्रदेश सरकार अल्पमतमा छैन। सरकार बलियो भएर काम गरिरहेछ र आफ्नो कार्यकाल पूरा गर्नेछ। लोकसभापछि तुरन्तै प्रदेशमा चलिरहेको विकास योजनाहरूलाई गति दिइनेछ। दल-बदलको खेल गर्नु कांग्रेसको पुरानी संस्कृति हो तर हरेक पल्ट आफ्नै चक्रव्यूहमा फंस्नेगर्छ। तीन विधायकहरूको समर्थन लिएर कांग्रेसले राजनीतिक इच्छाहरू पूरा गर्नबारे सोचिरहेछ। पूरा देशले कांग्रेसको इतिहास देखेको छ। लोकसभा चुनाउमा पनि कांग्रेसका नेताले आफ्नो इच्छाहरू पूरा गर्ने प्रयास गरिरहेका छऩ्। तरैपनि सरकारलाई कुनै प्रकारको संकट छैन। प्रदेशवासीहरूले कांग्रेसको राजनीतिक इच्छाहरू पूरा हुन दिनेछैनन्।

भ्रष्टाचारको मुद्दामा कांग्रेसाई घेर्दै नायब सैनीले भने, प्रदेश सरकार भ्रष्टाचारीहरू विरूद्ध कारबाहीमा कुनै प्रकारको लापरवाही हुन दिनेछैन। निकट भविष्यमा यो कारबाही अझ् तीव्र गरिनेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande