सोरेङमा रेन्डोमाइजेसन काउन्टिङ आयोजित
सोरेङमा रेन्डोमाइजेसन काउन्टिङ आयोजित


गान्तोक, 08 मई (हि.स.)। आगामी 2 जूनको दिन हुने सिक्किम विधानसभाको मतगणनालाई लिएर सोरेङ जिल्लाले मतगणना गर्ने अधिकारीहरूको निम्ति पहिलो चरणको रेन्डोमाइजेसन कार्यक्रम आयोजना गऱ्यो। सोरेङ जिल्ला अन्तर्गत कूल चारवटा निर्वाचन क्षेत्र रहेको छ भने एउटा लोकसभा सांसदको निम्ति मतगणना हुनेछ।

यसै तयारीलाई लिएर आज सोरेङ जिल्लाकी जिल्लापाल हिस्से. डी योङदाको उपस्थितिमा रेन्डोमाइजेसन काउन्टिङ गरियो। यस अवसरमा अतिरिक्त जिल्लापाल धिराज सुबेदी, महकुमा अधिकारी डीआर बिष्टत लगायत, काउन्टिङ एसिस्टेन्ट, माइक्रो अबजर्भर सहित अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

हिन्दुस्थान समाचार


 rajesh pande