बिहारः भारत-नेपाल सीमाको जोगबनीबाट लरेन्स बिश्नोई ग्यांगका कुख्यात शुटर पक्राउ
बिहारः भारत-नेपाल सीमाको जोगबनीबाट लरेन्स बिश्नोई ग्यांगका कुख्यात शुटर पक्राउ


-पाकिस्तान समेत केही देशहरूसित लिंक छ

फारबिसगंज/अररिया, 09 मई (हि.स.)। भारत-नेपाल सीमाको जोगबनी बोर्डरबाट लरेन्स बिश्नोई ग्यांगका कुख्यात शूटर प्रकाशलाई पक्राउ गरिएको छ। उसलाई अररियाको जोगबनीबाट पक्राउ गरिएको हो। राजस्थानको बिकानेरस्थित एक होटलसित सम्बन्धित फिरौतीको मामिलामा मास्टरमाइण्ड प्रकाश रिमाण्ड होमबाट भागेर विराटनगर (नेपाल)-मा लुकेर बसेको थियो। भनिन्छ, जोगबनी रेलवे स्टेशन नजिक एटीएम फ्रड मामिलामा उसलाई पक्राउ गरिएको छ।

जोगबनी पुलिसले जसलाई सामान्य एटीएम फ्रडको आरोपी ठानेर पक्राउ गरेको थियो उ वास्तवमा राजस्थानको बिश्नोई ग्यांगका शुटर हो। विश्नोई ग्याँग राजस्थानको एउटा ठूलो आपराधिक समूह हो जसको विरोधमा राजस्थानमा धेरैवटा मामिलाहरू दर्ता छन्।

पक्रा परेको आरोपीको बारेमा आईबी सूत्रबाट प्राप्त जानकारी अनुसार लरेन्श बिश्नोई ग्यांगका आरोपी कृष्ण कुमार उपनाम जय प्रकाश, पिता शान्ता राम बिकानेर, राजस्थानको जवाहर थाना निवासी हो। उसलाई वर्ष 2023- मा बिकानेरस्थित जी ग्रुपको होटलमा एक करोड़ रुपियाँको फिरौती मामिलामा पक्राउ गरिएको थियो। पक्राउ गरिएपछि उसलाई बिकानेरको रिमाण्ड होममा राखिएको थियो जहाँबाट उसले झ्याल भत्काएर भागेको थियो र नेपालको विराटनगरमा फेक भारतीय आइडीको सहारामा नाम फेरेर बस्दै आइरहेको थियो।

प्रकाश साइबर अपराधको पनि मास्टरमाइण्ड हो। प्रकाशले नेपालमा बसेर अररिया आदि सीमावर्ती जिल्लाहरूमा एटीएम फ्रड पनि गर्दै आइरहेको थियो। जोगबनी पुलिसले उसलाई बड़ो नाटकीय ढंगमा जोगबनी रेलवे स्टेशनबाट पक्राउ गरेको छ।

पक्राउपछि उसलाई जोगबनी पुलिसले जिल्ला मुख्यालय अररियामा पुऱ्यायो जहाँ उसित गहन जाँचबुझ गरिनेछ। पुलिसको सूचनामा विभिन्न जाँच एजेन्सीहरू सहित राजस्थान पुलिस र एसटीएफ पनि अररिया आइरहेका छन्। आरोपीको उमेर कम भए पनि उसको लिंक दुबई, पाकिस्तान सहित अन्य देशहरूसम्म रहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande