चुनाउ हारे राजनीति छोड्नेछु: अधीर चौधरी
चुनाउ हारे राजनीति छोड्नेछु: अधीर चौधरी


कोलकाता, 09 मई (हि.स.)। मुर्शिदाबादको बहरमपुर सीटबाट कांग्रेस उम्मेदवार एवं पॉंचपल्ट सांसद रहेका अधीर रंजन चौधरीले बिहिवार ठूलो घोषणा गरेको छ। लोकसभा चुनाउमा उनको सम्भावित हार वा जितको बारेमा सोधिएको प्रश्नको जवाफमा उनले भने, यदि बहरमपुरबाट हारे भने राजनीति छोडेर बदाम बच्ने छु।

बंगालमा इण्डी गठबन्धनमा ममता ब्यानर्जी सामेल नभएको सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा उनले भने, तृणमूलको दिल्लीमा कोसॅंग कुरा भयो त्यो मलाई थाहा छैन तर जानकारी अनुसार कांग्रेसलाई दुईवटा लोकसभा सीट भीखमा दिइरहेको थियो, त्यो पनि मालदा र मुर्शिदाबादमा होइन। उनले भने, मलाई कसैको दयामा चुनाउ जित्नु छैन। मेरो आफ्नै जनाधार छ। म मानिसहरूको निम्ति काम गर्छु। मतदाताहरूले चाहन्छन् र म चुनाउ जित्छु।

माकपा विरूद्ध लामो लडाईपछि अब माकपासॅंगै मिलेर चुनाउ लडिरहेको विषयमा उनले भने, जब वाम दल विरूद्ध लडाई भइरहेको थियो तब उनीहरूसॅंग अपराधीहरूको गिरोह थियो। आज ती अपराधी, तृणमूल कांग्रेसको ज्वाई बनेका छन्। यस कारण वाम दलको हात समातेर ती अपराधीहरू विरूद्ध लडाई लड्ने शुरूवात गरेको हो। उनले अझ भने, राजनीतिमा कोही पनि कसैको स्थायी मित्र व शत्रु हुॅंदैन।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande