छैटौं दिन वायु सेनाको लस्करमाथि हमला गर्ने आतङ्कवादीहरूको खोजी तीव्र
छैटौं दिन वायु सेनाको लस्करमाथि हमला गर्ने आतङ्कवादीहरूको खोजी तीव्र


पुञ्छ, 09 मई (हि.स.)। भारतीय वायु सेनाको लस्करमाथि हमला गर्ने आतङ्कवादीहरूलाई समात्न पुञ्छको सुरनकोटमा घेराबन्दी र खोजी अभियान बिहिवार पनि जारी छ। यस हमलामा एक कर्पोरल ऱ्यङ्कका जवान बलिदान भएको थियो।

अधिकारीहरूले भने, सेना, पुलिस र केन्द्रिय रिजर्भ पुलिस बलसहित अन्य सुरक्षाबलहरूले सुरनकोट बेल्टमा लगभग 20 वर्ग किलोमिटर क्षेत्रमा खोजी अभियान तीव्र गरेको छ। ड्रोन र खोजी कुकुरसहित निगरानी उपकरणहरूले सुसज्जित भएर सुरनकोट बेल्ट र छेउछाउका ठाउॅंहरू शाहसितार, गुरसाई, सनाई, लसाना र शींदरा टपमा खोजी अभियान चलिरहेको छ।

अधिकारीले भने, सुरक्षाबलले आतङ्कवादीहरूको पहिचान गर्ने प्रयास गरिरहेको छ, जसको तीनदेखि चारवटा फोटो क्षेत्रमा लगाइएका सीसीटीवी फुटेजबाट निकालेर सुरनकोटमा पोस्टर टॉंसिएको छ। मुख्य संदिग्ध दुई आतङ्कवादीहरूको पक्राउको निम्ति 20 लाख रूपियॉं नगद पुरस्कार पनि घोषाणा गरिएको छ। सोधपुछको निम्ति 26 जनालाई हिरासतमा लिइएको छ र केही सीसीटीवी फुटेजको समीक्षा गरिॅंदैछ। राजौरी जिल्लाको सादा र कंडी क्षेत्रमा पनि मंगलवार सुरक्षा बलहरूले खोजी अभियान शुरू गरेको थियो, जुन अझै पनि जारी छ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande