एयर इण्डिया एक्सप्रेसले 30 सीनियर क्रू-मेम्बर्सलाई बर्खास्त गऱ्यो
एयर इण्डिया एक्सप्रेसले 30 सीनियर क्रू-मेम्बर्सलाई बर्खास्त गऱ्यो


नयाँ दिल्ली, 09 मई (हि.स.)। टाटा समूहको एयर इण्डिया एक्सप्रेसले आफ्ना वरिष्ठ क्याबिन क्रू-मेम्बर्स (कर्मचारीहरू) लाई काममा नआएको कारण नोकरीबाट बर्खास्त गरेको छ। निकालिएका यी कर्मचारीहरू 07 मई राति अचानक सामूहिक अवकाशमा गएका थिए। यसैले गर्दा एयरलाइनलाई 90 भऩ्दा धेरै उड़ानहरूलाई रद्द गर्नुपरेको थियो।

इण्डिया एक्सप्रेस एयरलाइनका मुख्य कार्यपालक अधिकारी (सीईओ) आलोक सिंहले भने, आज र आउने दिनहरूमा पनि धेरै फ्लाइट्स रद्द गर्नु पर्नसक्छ। कम्पनीले उड़ानहरूमा पनि कटौती गर्नेछ। कम्पनीले बर्खास्त गरिएका कर्मचारीहरूलाई पठाइएको सेवा समाप्ति पत्रमा भनेको छ, तपाईको कार्य, उड़ानको संचालन नगर्नु र कमप्नीको सेवाहरूलाई बाधित गर्नु कानूनहरूको उल्लङ्घन हो। यो एयर इण्डिया एक्सप्रेस लिमिटेड कर्मचारी सेवा नियमहरूको पनि उल्लङ्घन हो।

कम्पनीले बयानमा भनेको छ, हामी अभूतपूर्व उड़ान विलम्ब र रद्दीकरणको कारण भएका असुविधाको निम्ति ईमानदारीले क्षमा चाहन्छौं। हामी व्यवधानहरूलाई कम गर्न कड़ा मेहनत गरिरहेका छौं। कृपया हवाई अड्डामा जानअघि आफ्नो उड़ानको स्थितिको जाँच गर्नुहोस्। यदि तपाईको उड़ान प्रभावित भए कृपया रिफण्ड र पुनर्निर्धारण सहायताका लागि व्हाट्स एप वा http://airindiaexpress.com/support मा सम्पर्क गर्नुहोस्।

उल्लेख्य, एयर इण्डिया एक्सप्रेसका चालक दलका सदस्यहरूले बिरामी भएको बताउँदै छुट्टीमा जाँदा एयरलाइनको लगभग 90 घरेलू र अन्तरराष्ट्रिय उड़ानहरू रद्द गरिएको छ। वस्तुतः टाटा समूह नेतृत्व एयर इण्डिया एक्सप्रेस, एआईएक्स कनेक्ट (पहिले एयरएशिया इण्डिया) लाई आफूसित विलय गर्ने प्रक्रियामा छ। यसलाई लिएर केही समयदेखि यस एयरलाइनको चालक दलका सदस्यहरू रूष्ट छन्।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande