बंगालः कतिपय क्षेत्रमा असिना पानी
बंगालः कतिपय क्षेत्रमा असिना पानी


कोलकाता, 09 मई (हि.स.)। महानगर कोलकाता समेत राज्यका अन्य भागहरूमा बिहीवार असिना पानी परेको छ। अलिपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयद्वारा जारी बयानमा बताइएको छ, हाल यस्तै मौसम आगामी तीन-चार दिमसम्म जारी रहनेछ।

बिहीवार अपरान्ह कोलकाताका कतिपय क्षेत्रहरूमा असिना पानी पऱ्यो। वरपरका जिल्लाहरूमा पनि घनघोर वर्षा हुने सम्भावना छ। अलिपुर मौसम विभाग अनुसार कोलकातामा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा सहित वर्षा भइरहेको छ। यद्यपि कोलकाताका सबै भागहरूमा एकसाथ पानी परिरहेको छैन। छुटपुट वर्षा हुने आशा छ। मौसम कार्यालयले स्थानीय बासिन्दाहरूलाई पानी परेको बेला घरभित्रै बस्ने सल्लाह दिएको छ।

अलिपुर मौसम विभागले बिहीवार अपरान्ह दक्षिण बंगालका तीन जिल्ला अन्तर्गत केही ठाउँमा मेघगर्जन सहित वर्षा हुने भविष्यवाणी गरेको छ। यी तिन जिल्लाहरूमा क्रमैले बाँकुड़ा, हुगली र उत्तर 24 परगना सामेल छ। यी क्षेत्रहरूमा 30-40 किलोमीटरको गतिले हावा पनि चल्नसक्ने सम्भावना छ। मौसम विभागले यल्लो अलर्ट जारी गरी मानिसहरूलाई आँधी-तूफान अवधि सुरक्षित स्थानमा बस्ने सल्लाह दिएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande