कारको चपेटमा परेर चितुवाको मृत्यु
कारको चपेटमा परेर चितुवाको मृत्यु


अलिपुरद्वार, 9 मई (हि.स.)। अलिपुरद्वारमा गए बुधवार राती एक तीव्र गतिको कारको चपेटमा परेर एउटा चितुवाको मृत्यु भयो। यो दुर्घटना त्यसबेला भएको थियो जतिबेला चितुवाले जिल्लाको मादरीहाट क्षेत्रस्थित मुख्य सड़कलाई पार गर्ने प्रयास गरिरहेको थियो। कारको ठक्कर यतिसाह्रो भयानक थियो कि चितुवाको घटनास्थलमै मृत्यु भयो।

घटनाको सूचना पाएर जलदापाड़ा वन विभागका वन कर्मी घटनास्थलमा पुगे। वनकर्मीहरूले चितुवाको शवलाई उद्धार गरी पोस्टमर्टम गर्न जलदापाड़ा पठाइदिए। जलदापारा वन विभागको तर्फबाट बताइको छ, कारको वेग तीव्र भएको कारणले चितुवाको मृत्यु भएको हो। जबकि यस सड़कमा वाहनहरूको गतिलाई मन्द गरिदिने आग्रह गरिएको बोर्ड पनि लगाइएको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande