राज्यपालले लेखे मुख्य सचिवलाई पत्र, यौन उत्पीड़न मामिलामा पुलिसले जाँच बन्द गरोस्
राज्यपालले लेखे मुख्य सचिवलाई पत्र, यौन उत्पीड़न मामिलामा पुलिसले जाँच बन्द गरोस्


कोलकाता, 9 मई (हि.स.)। पश्चिम बंगालका राज्यपाल डाक्टर सीवी आनन्द बोसमाथि लगाइएको यौन उत्पीड़नको मामिलामा अब राजभवनद्वारा राज्यका मुख्य सचिवलाई पत्राचार गरिएको छ। पत्रमा राज्यपालले मुख्य सचिवलाई संवैधानिक घेराको स्मरण गराउँदै पुलिस जाँचमाथि आपत्ति व्यक्त गरेका छन्।

गभर्नरले पत्रमा लेखेका छन्, संविधानको धारा 361 अन्तर्गत राज्यपाललाई रक्षा कवच प्राप्त भएको छ। पुलिसले कुनै पनि मामिलामा जाँच गर्न सक्दैन। उनले भनेका छन्, प्रशासनिक अधिकारीहरूले संवैधानिक घेरालाई सदैव याद राख्नुपर्छ। यसैले यस मामिलामा पुलिसले गरिरहेको जाँचलाई तत्काल बन्द गरेकै उचित हुनेछ।

उल्लेखनीय छ, एक दिनअघि कोलकाता पुलिसद्वारा जारी एक बयानमा बताइएको थियो, राज्यपालविरूद्ध दर्ता सिकायतको मामिलामा हाल जाँच अघि बढ़्न सकेको छैन। यद्यपि कोलकाता पुलिस मुख्यालयले राजभवनसित सीसीटीभी फुटेज माग्नका साथै राजभवनका केही अधिकारीहरूलाई नोटिस पनि पठाएको थियो।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande