भारी मात्रामा हेरोइनसितै दुई पक्राउ
भारी मात्रामा हेरोइनसितै दुई पक्राउ


कामरूप (असम), 09 मई (हि.स.)। स्पेशल टास्क फोर्स (एसटीएफ), असमको टीमले कामरूप (ग्रामीण) जिल्लाको बोकोमा अभियान संचालन गरी भारी मात्रामा हेरोइन सहित दुईजना तस्करलाई पक्राउ गरेको छ।

एसटीएफले बिहीवार बतायो, नशालू पदार्थहरूको तस्करीको सम्बन्धमा प्राप्त गुप्त सूचनाको आधारमा एसटीएफका अतिरिक्त एसपी कल्याण पाठकको नेतृत्वमा बोकोमा अभियान संलाचन गरिएको थियो। अभियानको क्रममा अल्टो कार (एएस-01एफडब्लू-0170) –लाई रोकेर जाँच गरियो जसमा कारको स्टीयरिंग व्हील कलमभित्र लुकाएर राखिएकोक 30 प्याकेट हेरोइन जफत गरियो जसकको वजन 420 ग्राम रहेको बताइएको छ। यस मामिलामा दुईजना तस्करहरूलाई पक्राउ गरिएको छ।

आवश्यक कानूनी कारबाहीको लागि दुवै तस्कर, प्रतिबन्धित सामग्री अनि वाहनलाई बोको पुलिसलाई सुम्पिइएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएस एक्ट अन्तर्गत प्राथमिकी दर्ता गरी दुवै तस्करसित गहन जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande