प्रधानमन्त्री मोदीले माँ भारतीका महान सपूत महाराणा प्रतापलाई नमन गरे
प्रधानमन्त्री मोदीले माँ भारतीका महान सपूत महाराणा प्रतापलाई नमन गरे


नयाँ दिल्ली, 09 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज महाराणा प्रतापलाई उनको जयन्तीमा आदरपूर्वक याद गरे। उनले एक्स ह्याण्डलमा लेखे, माँ भारतीका महान सपूत महाराणा प्रतापलाई उनको जयन्तीमा शत-शत नमन। साहस, शौर्य र स्वाभिमानको प्रतीक महाराणा प्रतापलाई उनको जन्म-जयन्तीमा आदरपूर्ण श्रद्धाञ्जली। उनले आफ्नो सम्पूर्ण जीवन मातृभूमिको रक्षाको निम्ति समर्पित गरे, जुन देशको हरेक पीढ़ीको निम्ति प्रेरणाश्रोत बनिरहनेछ।

उल्लेख्य, भारतका पराक्रमी महाराणा प्रतापको जन्म 09 मई 1540 मा राजस्थानको मेवाड़मा भएको थियो। महाराणा प्रतापले मुगलहरूको हमलाहरूदेखि मेवाड़को रक्षा गरे। आन, बान र शानको निम्ति कहिलेपनि समझौता गरेनन्। विपरीतभन्दा विपरीत परिस्थितिमा पनि उनले कहिले हार मानेनन्।

1576 मा हल्दी घाटमा महाराणा प्रताप र मुगल बादशाह अकबरबीच युद्ध भएको थियो। महाराणा प्रतापले अकबरका 85 हजार सैनिकहरूको विशाल सेनाको सामू आफ्नो 20 हजार सैनिक र सीमित संसाधनहरूको बुतामा स्वतन्त्रताको निम्ति धेरै वर्षसम्म संघर्ष गरे। यस युद्धमा घाइते भएपनि महाराणा मुगलहरूको हात लागेनन्। 30 वर्षको लगातार प्रय़ासपछि पनि अकबर महाराणा प्रतापलाई बन्दी बनाउन सकेनन्। अऩ्ततः उनलाई महाराणालाई समाउने विचार त्याग्नुपऱ्यो।

महाराणा प्रतापको घोड़ा चेतक पनि उनी सरह नै बहादुर थियो। मुगल सेना महाराणा प्रतापको पछि लागेको थियो तब चेतकले महाराणालाई आफ्नो पीठ्यूमा बोकेर 26 फीटको उक्त नालीलाई नाघ्यो, जसलाई मुगलले नाघ्न सकेनन्। चेतकले महाराणालाई बचाउन आफ्नो प्राण त्याग्यो। महाराणा प्रतापको निधन 19 जनवरी 1597 मा भएको थियो। भनिन्छ, महाराणाको मृत्युमा अकबरको आँखा पनि रसाएको थियो।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande