योग्य शिक्षकहरूको लागि भाजपाले शुरू गऱ्यो डेडीकेटेड पोर्टल औ हेल्पलाइन नम्बर
योग्य शिक्षकहरूको लागि भाजपाले शुरू गऱ्यो डेडीकेटेड पोर्टल औ हेल्पलाइन नम्बर


कोलकाता, 09 मई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को पश्चिम बंगाल एकाईले कथित स्कूल नोकरी घोटालाबाट प्रभावित योग्य उम्मेद्वारहरूलाई सहायता पुऱ्याउनको निम्ति समर्पित कानूनी सहायता वेबसाइट तथा हेल्पलाइन नम्बर स्थापित गरेको छ। पार्टीका एकजना वरिष्ठ नेताले बिहीवार सो जानकारी गराए। हेल्पलाइन नम्बर र पोर्टललाई गए बुधवार राती सार्वजनिक गरिएको थियो। केही दिनपूर्व प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको राज्य एकाईलाई योग्य उम्मेद्वारहरूको लागि एउटा कानूनी सेल स्थापना गर्ने आदेश दिएका थिए।

भाजपा प्रवक्ता समिक भट्टाचार्यले भने, प्रधानमन्त्री मोदीको दिशानिर्देश अनुसार पश्चिम बंगाल भाजपा ती योग्य उम्मेद्वारहरूलाई समर्थन गर्न बाध्य भएको छ जो तृणमूलद्वारा गरिएको केही मानिसहरूको अवैध भर्तीले गर्दा प्रभावित भएका छन्। उनले भने, कानूनी सहायता वेबसाइट ''bjplegalsupport.org'' रहेको छ भने हेल्पलाइन नम्बर 9150056618 रहेको छ।। उनले भने, एक पटक हेल्पलाइन नम्बर वा वेबसाइटको माध्यमबाट सिकायत प्राप्त भएपछि हामी सम्बन्धित उम्मेद्वारसित कुराकानी गर्नेछौं अनि यस मामिलामा उसको स्थिति जान्नेछौं, त्यसपछि हामी कानूनी सहायता प्रदान गर्नेछौं।

कलकत्ता उच्च न्यायालयले गत 22 अप्रेलमा पश्चिम बंगाल सरकारद्वारा प्रायोजित तथा सहायता प्राप्त स्कूलहरूमा राज्य स्तरीय चयन परीक्षा-2016 (एसएलएसटी)- को भर्ती प्रक्रियालाई अमान्य घोषित गर्दै यसको माध्यमबाट गरिएका सबै नियुक्तिहरूलाई रद्द गर्ने आदेश दिएको थियो। अदालतको आदेश पश्चात लगभग 26 हजार मानिसहरूको नोकरी गएको छ। यद्यपि सुप्रीम कोर्टले मंगलवार कलकत्ता उच्च न्यायालयको त्यस आदेशमाथि रोक लगाइदिएको छ जसमा राज्यको स्कूल सेवा आयोग (एसएससी) द्वारा सरकारी औ सहायता प्राप्त स्कूलहरूमा गरिएको 25 हजार 753 शिक्षक औ अशिक्षण कर्मचारीहरूको नियुक्तिलाई अमान्य ठहर गरिएको थियो।

तथापि मुख्य न्यायाधीश डीवाई चन्द्रचूड़ र न्यायमूर्ति जेबी पारदिवाला तथा न्यायमूर्ति मनोज मिश्राको पीठले सीबीआईलाई आफ्नो जाँच जारी राख्ने र राज्य मन्त्रीमण्डलका सदस्यहरूको पनि जाँचमा सहयोग लिने अनुमति दिएको छ। तर एजेन्सीलाई कोर्टले यो पनि भनेको छ, एजेन्सीले कुनै संदिग्धलाई पक्राउ गर्ने जस्तो हतारको कारबाही नगरोस्। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले भाजपामाथि स्कूलको नोकरी खोस्ने षड़यन्त्र रचेको आरोप लगाएकी थिइन् भने कलकत्ता उच्च न्यायालयको आदेशमाथि रोक लगाएकोमा सर्वोच्च न्यायालयलाई धन्यवाद दिएकी थिइन्।

हिन्दुस्थान समाचार/उष्णता


 rajesh pande