दुई दिन लगातार पानी परेपछि बंगालमा मौसम सामान्य भय़ो
दुई दिन लगातार पानी परेपछि बंगालमा मौसम सामान्य भय़ो


कोलकाता, 09 मई (हि.स.)। महानगर कोलकाता समेत राज्यका अन्य हिस्साहरूमा लगातार दुई दिनसम्म पानी परेपछि मौसम सामान्य भएको छ। अलीपुर स्थित मौसम विभागको क्षेत्रीय मुख्यालयको तर्फबाट बिहिवार जारी बयानमा यसबारे जानकारी दिइएको छ। यसमा जानकारी गराइएको छ, कोलकातामा न्यूनतम तापक्रम 26.02 डिग्री सेल्सियस रेकर्ड गरिएको छ जुन सामान्यभऩ्दा एक डिग्री कम छ जबकि अधिकतम तापक्रम सामान्यभऩ्दा छह डिग्री कम 30.4 डिग्री सेल्सियस छ।

कोलकाता बाहेक हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरूलिया, बांकुड़ा समेत राज्यका अन्य हिस्साहरूमा पनि तापक्रम 25-30 डिग्री सेल्सियसबीच बनेको छ, जसले गर्दा मानिसहरूलाई गर्मीबाट राहत मिलेको छ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगड़ी, दार्जीलिङ र कालेबुङमा तापक्रम 25 डिग्री सेल्सियस मुनि छ जसले गर्दा त्यहाँ मौसम सामान्य बनेको छ। अहिले दुई तीन दिनसम्म मौसम यस्तै रहनेछ। त्यसपछि आगामी हप्तादेखि एक पल्ट फेरि तापक्रममा वृद्धि हुनसक्छ।

उल्लेख्य, अप्रेल महिनामा पश्चिम बंगालमा 30 सालको सबैभन्दा धेरै गर्मी महूसस भइरहेछ।

हिन्दुस्थान समाचार/भवानी


 rajesh pande