आपदाको समय केही नगर्नेले अहिले आएर दोषारोपण गर्नु ठीक होइन: अनित थापा
आपदाको समय केही नगर्नेले अहिले आएर दोषारोपण गर्नु ठीक होइन: अनित थापा


कालेबुङ, 15 जून (हि.स.)। जसले आपदाको समय आएर केही गरेन, उसले अहिले आएर यो भएन, यो गरेन, त्यो गरेन भनेर दोषारोपण गर्नु ठीक होइन र दोषारोपणको खेल बन्द गर्नुपर्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख अनित थापाले भनेका छन्।

उनले आज टिस्टा बाढ विषयमा आफ्नो प्रतिक्रिया दिॅंदै भने, 'जबसम्म टिस्टा नदीमा जमा भएको सिल्ट अनि बालुवा निकाल्नु सकिॅंदैन तबसम्म टिस्टाको समस्या समाधान हुनु धेरै समय लाग्नेछ। केन्द्र सरकारले सिल्ट अनि बालुवा निकाल्नु अनुमति दिनुपर्छ। हामीले टिस्टामा तत्कालीन राहत कार्य हाम्रो निजी खर्चबाट गरेका थियौँ। राज्यले घोषणा गरे अनुसार हामीले राहतको कुनै पैसा पाएनौं। केन्द्र सरकारबाट पनि केही पाएनौं। टिस्टा अनि रम्फूमा हामीले जे जति राहत कार्य गऱ्यौ, सभासद, संस्था अनि हामी सबै मिलेर आफ्नो खर्च अनि योगदानमा गरेका हौ। जीटीएको खर्चमा राहत कार्य भएको होइन।'

जीटीए प्रमुख अनित थापाले अघि भने, 'राज्यले आफ्नो पोलिसी अनुसार दिने 75 हजार रूपियाँ सबै पीडितले पाइसकेको छ। एनएचपीसीबाट पाउने क्षतिपूर्तिको निम्ति पहल सुरु भएको छ। जनताले राजु विष्टलाई फेरि सांसद बनाएर पठाइसकेको छ। अब उसले पनि काम गर्नु पऱ्यो। दोषारोपणको खेल मात्र नखेलौ। दोष लगाउने खेल बन्द गर्नुपर्छ। मलाई अनि राज्य सरकारलाई गाली गरेर टिस्टाको समस्या समाधान हुँदैन।'

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande