टिस्टा, इच्छे, रेली, बाँङगेको ताजा स्थिति नियाल्न हाम्रो पार्टीको टोलीको भ्रमण
टिस्टा, इच्छे, रेली, बाँङगेको ताजा स्थिति नियाल्न हाम्रो पार्टीको टोलीको भ्रमण


दार्जीलिङ, 15 जून (हि.स.)। टिस्ट, इच्छे आदि क्षेत्रको ताजा स्थिति नियाल्न हाम्रो पार्टीको प्रतिनिधि टोलीले भ्रमण गरेको छ। गत केही दिन अघिदेखि परेको मुसलधारे पानीले टिस्टाको जलस्तर बढेर गएको छ भने टिस्टाको स्थिति भयावह बनेको छ। हाम्रो पार्टीको केन्द्रिय उपाध्यक्ष एवं निर्वाचित सभासद रोवर्ड छेत्रीको नेतृत्वमा पार्टीका केन्द्रिय नेतृत्वहरूले आज टिस्टा, इच्छे, रेली, बाँङगे आदि क्षेत्रको भ्रमण गरे।

यस अवधि सभासद छेत्रीले भने, गत 5 जूनको दिन यहाँ इच्छेमा आएर हेर्दा पानी सानो रूपमा बग्दै थियो, तर आज इच्छे, रेली खोलामा जलस्तर बढेको देख्यौ। यसकारण हामी इच्छेबासीहरूलाई पनि सुरक्षित स्थानमा बस्न आहवान गर्दछौ। उनले अझ भने, इच्छे एवं रेली खोलामा जस्ले पनि बालुवा गिट्टी निकाल्ने कार्य गरिरहेका छन्, उनीहरूलाई खनन कार्य बन्द गर्न अनुरोध गर्दछौ।

हाम्रो पार्टीका वरिष्ठ नेता नोरा सुब्बाले भनिन्, रेली खोलाको बढ्दो जल स्तरलाई देख्दा हामीलाई डर लागेर आएको छ। आज टिस्टाको अवस्था भयानक भएर गएको छ। इच्छेको जुन स्थिति देखा परेको छ, त्यसमाथि अध्ययन गर्न जरूरी छ।

हाम्रो पार्टीको प्रतिनिधि टोली आज टिस्टाको ताजा स्थितिमाथि चर्चा गर्न एनएचपीसीको अधिकारीसंग भेट गर्न पुगेको थियो, तर भेट्न नसक्दा टोलीले सिलगढीस्थित एनएचपीसीको कार्यालयमा गएर अधिकारीहरूसंग भेट गर्ने योजना बनाएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande