प्रयास तामाङलाई रत्न सुधा पुरस्कार प्रदान गरियो
प्रयास तामाङलाई रत्न सुधा पुरस्कार प्रदान गरियो


घुम जोरबङ्लो, 15 जून (हि.स.)। घुम जोरबङ्गलो महाविद्यालयको प्रेक्षागृहमा एउटा कार्यक्रमबीच एनससीसी क्याडेट एसयुओ प्रयास तामाङलाई रत्न सुधा लाइब्रेरी फाउन्डेसन, एनसीसी बेस्ट क्याडेट अवार्ड प्रदान गरियो। प्रा. चन्दन थापा अनि सपरिवारद्वारा स्व रत्नकला थापा अनि स्व. सुधा थापाको स्मृतिमा उक्त अवार्ड गत वर्षदेखि प्रदान गरिँदै आइरहेको छ।

विद्यार्थीहरूलाई एनसीसीप्रति प्रेरित गर्न रत्न सुधा लाइब्रेरी फाउन्डेसनद्वारा उक्त अवार्ड प्रदान गरिएको हो। परिवार पक्षबाट आज प्रयास तामङ्गलाई स्मृति चिन्ह सहित पाँच हजार रूपियॉं स्कलरसिप पनि प्रदान गरियो। उनी मेधावी विद्यार्थीका साथै एनसीसीमा राष्ट्रिय रूपमा पनि थुप्रै उपलब्धि हासिल गरिसकेका विद्यार्थी हुन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande