सांसद राजु विष्टले टिस्टा बाढ पीडितहरूको अवस्था बुझ्न भ्रमण गरे
सांसद राजु विष्टले टिस्टा बाढ पीडितहरूको अवस्था बुझ्न भ्रमण गरे


टिस्टा, 15 जून (हि.स.)। दार्जीलिङका सांसद राजु विष्ट आज टिस्टा बाढ पीडितहरूको अवस्था बुझ्न टिस्टा पुगेका थिए। उनले बाढ पीडितहरूलाई आफ्नो निजी कोषबाट घर बनाइदिने, 40 घर परिवारहरूलाई कुनै पनि सुरक्षित स्थानमा घर भाडा लिएर बस्ने जसको एक निश्चित समयसम्मको सम्पूर्ण जिम्मेवारी लिने साथै अन्य बुनियादी समस्याहरूको समाधान गरिदिने वचन दिएका छन्।

यस अवधि उनले जीटीए साथै राज्य सरकारलाई यो घटनालाई प्राकृतिक आपदा अथवा डिजास्टर घोषणा किन गरिएन भनी बारम्बार प्रश्न गरेका थिए। उनले डिजास्टर घोषणा गरिएको भए सरकारद्वारा यस विषयलाई ध्यानमा राखेर उचित कार्य गरिसक्ने बताए। उनले अब जीटीए साथै सम्बन्धित विभागसँग बैठक बसेर यस विषयमा छलफल गरी उचित कार्य गर्ने पनि बाढ पीडितहरूलाई आश्वासन दिएका छन्।

हिन्दुस्थान समाचार/हनोक


 rajesh pande