मोतिहारी कोर्ट हाजतबाट भागेको बन्दीको खुलासाले पुलिस महकुमामा खैलाबैला
मोतिहारी कोर्ट हाजतबाट भागेको बन्दीको खुलासाले पुलिस महकुमामा खैलाबैला


पूर्वी चम्पारण, 26जुलाई (हि.स.)। कोर्ट परिसरको कड़ा सुरक्षा व्यवस्थाबीच पनि गए बिहीवार कोर्ट हाजतबाट भागेका दुईजना बन्दीहरूमध्ये एकजनालाई पुुलिसले पक्राउ गरेको छ। उक्त बन्दीले यस्तो खुलासा गरेको छ जसबाट मोतिहारी पुलिसको भ्रष्ट अनुहारबाट पर्दा उठेको छ। बन्दीलाई भगाउनको लागि उसको सुरक्षामा तैनाथ पुलिसले 20 हजार रुपियाँ लिएर हाजतको ग्रिल काट्ने हेक्सा ब्लेड उपलब्ध गराएको थियो। यस सम्पूर्ण मामिलाको जाँच गर्नको लागि तत्काल एउटा टीम गठन गरिएको छ।

उल्लेखनीय छ, गए बिहीवार गम्भीर अपराधका आरोपी बन्दीद्वय क्रमैले पताहीको अरूण सहनी र आदापुरको अरविन्द ठाकुरलाई मोतिहारी सेन्ट्रल जेलबाट सुनवाईको लागि मोतिहारी सिभिल कोर्टमा ल्याइएको थियो जहाँबाट दुवै बन्दी कोर्ट हाजतको खिड़की काटेर गमछाको सहारामा भाग्न सफल भए। यद्यपि कोर्ट परिसरलाई घेराबन्दी गरेर बन्दी अरूण सहनीलाई कोर्ट परिसरमै पुलिसले पक्राउ गऱ्यो भने अरविन्द ठाकुर भाग्न सफल भयो।

प्रभारी एसपी सह एएसपी शिखर चौधरीले बताए, कोर्ट हाजतबाट साँझ दुईजना बन्दी भागेका थिए जसमध्ये एकजनालाई पुलिसले पक्राउ गरेको छ भने दोस्रोलाई पक्राउ गर्नको लागि छापामारी गरिँदैछ। नगर थानामा प्राथमिकी दर्ता गरी पुलिस कारबाहीमा जुटेको छ। अर्कोतिर एकजना पुलिसकर्मीले रुपियाँ लिएर बन्दीहरूलाई भाग्न मद्दत गरेको मामिला अघि आएको छ जसको जाँच गराइँदैछ। जाँचपछि कड़ा कारबाही हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande