भाजपाले कारगिलका अमर शहीदहरूलाई नमन गऱ्यो
kargil vijay diwas


नयॉं दिल्ली, 26 जुलाई (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) ले कारगिल विजय दिवसको उपलक्ष्यमा आज भारतीय सेनाका अमर जवानहरूलाई नमन गर्दै श्रद्धाञ्जलि अर्पित गरेको छ। भाजपाले भनेको छ, सैनिकहरूले भारत माताको आन र तिरंगाको शानको निम्ति आफ्नो सर्वोच्च बलिदान गरेका छन्।

भाजपाले एक्स ह्यान्डलमा लेखेको छ, आफ्नो अदम्य साहस र वीरताले भारत माताको आन र तिरंगाको शान कायम राख्ने कारगिल युद्धका अमर शहीदहरूलाई विनम्र श्रद्धाञ्जलि र वीर जवानहरूलाई नमन।

उल्लेखनीय छ, भारतीय सेनाले कारगिलको लड़ाईमा पाकिस्तानलाई पराजित गर्दै 26 जुलाई, 1999 मा विजय प्राप्त गरेको थियो। यो युद्ध लगभग दुई महिनासम्म चलेको थियो। शुरूमा यसलाई पाकिस्तानको घुसपैठ मानिएको थियो, तर नियन्त्रण रेखामा खोज अभियानपछि पाकिस्तानको नियोजित रणनीतिको खुलासा भयो।

भारतीय सेनाले पाकिस्तानको तर्फबाट ठूलो हमलाको योजना बनाएको थाहा पायो। यसपछि भारत सरकारले 'अपरेशन विजय' शुरू गर्दै सैनिकहरूलाई कारगिल क्षेत्रमा पठायो। यस युद्धमा भारतीय सशस्त्र बलहरूले आफ्नो अटूट दृढ संकल्प र अदम्य भावना प्रदर्शित गरे। कारगिल युद्ध पाकिस्तानको गलत अभिप्रायको प्रमाण हो।

भारतका तत्कालीन प्रधानमन्त्री अटल बिहारी वाजपेयीले पाकिस्तानलाई पाठ पढाउॅंदै भारतको शौर्य र सामर्थ्यको परिचय संसारलाई गराए। यस युद्धमा भारतमा आफ्ना धेरै वीर योद्धाहरू गुमाए र उनीहरूका सर्वोच्च बलिदान देशको निम्ति एउटा उदाहरण बन्यो।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande