राष्ट्रपतिले धेरै राज्यका राज्यपालहरू परिवर्तन गरिन्
president


नयॉं दिल्ली, 27 जुलाई (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले ठूलो फेरबदल गर्दै धेरै राज्यका राज्यपालहरू परिवर्तन गरेकी छन्। राष्ट्रपतिले पुडुचेरी र चण्डीगढ़का उपराज्यपालका साथै राजस्थान, तेलंगाना, सिक्किम, झारखण्ड, छत्तीसगढ़, मेघालय, महाराष्ट्र र मणिपुरका राज्यपालहरू परिवर्तन गरेकी छन्। यति मात्र नभएर राष्ट्रपतिले पंजाबका राज्यपाल एवं केन्द्र शासित प्रदेश चण्डीगढ़का प्रशासकको रूपमा बनवारीलाल पुरोहितको राजीनामा पनि स्वीकार गरेकी छन्।

राष्ट्रपति भवनले शनिवार अबेर राति जारी गरेको प्रेस विज्ञप्तिमा भनेको छ, के. कैलाशनाथनलाई कार्यालयको कार्यभार ग्रहण गर्ने मितिदेखि पुडुचेरीको उपराज्यपाल नियुक्त गरिएको छ। रमेन डेकालाई छत्तीसगढ़को राज्यपाल नियुक्त गरिएको छ भने सीएच विजयशंकर मेघालयका राज्यपाल हुनेछन्।

झारखण्डका राज्यपालका साथै तेलंगानाको अतिरिक्त प्रभार सम्हाल्दै आएका सीपी राधाकृष्णनलाई महाराष्ट्रको राज्यपाल नियुक्त गरिएको छ। असमका राज्यपाल गुलाबचन्द क​टारियालाई पंजाबको राज्यपाल नियुक्त गरिएको छ र उनलाई कन्द्र शासित प्रदेश चण्डीगढको प्रशासक पनि नियुक्त गरिएको छ।

यसैगरी, सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई असमको राज्यपाल नियुक्त गरिएको छ र उनलाई मणिपुरको राज्यपालको अतिरिक्त प्रभार प्रदान गरिएको छ। राष्ट्रपति भवनद्वारा जारी प्रेस बयान अनुसार, उपरोक्त नियुक्तहरू नवनियुक्त राज्यपालहरूद्वारा सम्बन्धित कार्यालयको कार्यभार सम्हालेको मितिदेखि प्रभावी हुनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande