इण्डियन ब्यांकलाई जून त्रैमासिकमा 2,403 करोड़ रुपियाँ मुनाफा भयो
bank


-जून त्रैमासिकमा ब्यांककको शुद्ध लाभ 41 प्रतिशत बढ़ेर 2,403 करोड़ रुपियाँ पुग्यो

नयाँ दिल्लीै, 29 जुलाई (हि.स.)। सार्वजनिक क्षेत्रको इण्डियन ब्यांककले चालू वित्त2 वर्ष 20224-25 को पहिलो त्रैमासिक (अप्रेल-जून)- को परिणाम घोषणा गरेको छ। अप्रेलदेखि जूनसम्म ब्यांकको मुनाफा 41 प्रतिशत बढ़ेर 2,403 करोड़ रुपियाँ पुगेको छ। पछिल्लो वित्त वर्षको समान अवधिमा ब्यांकलाई 1,709 करोड़ रुपियाँको शुद्ध लाभ भएको थियो।

इण्डियन ब्यांकले सोमवार शेयर बजारलाई बतायो, खराब ऋणमा कमीको कारणले अप्रेलदेखि जूनसम्मको त्रैमासिकमा ब्यांकको परिणाम श्रेष्ठ रहेको छ। ब्यांक अनुसार पहिलो त्रैमासिकमा इण्डियन ब्याकको मोठ आय बढ़ेर 16,945 करोड़ रुपियाँ पुग्यो जुन पछिल्लो वित्त वर्षको समान त्रैमासिकमा यो 14,759 करोड़ रुपियाँ थियो। चेन्नईस्थित ब्यांकको पहिलो त्रैमासिकमा ब्याज आय वर्षेनी आधारमा 13,049 करोड़ रुपियाँदेखि बढ़ेर 15,039 करोड़ रुपियाँ पुग्यो। ब्यांक मुताविक परिसम्पत्तिको गुणस्तरको मामिलामा ब्यांकको सकल गैर-निष्पादित आस्ति (एनपीए) 30 जून, 2024 सम्म कुल ऋणमा 3.77 थियो जुन एक वर्षपूर्व 5.47 थियो।

ब्यांकले बतायो, उसको शुद्ध एनपीए पनि वर्षेनी आधारमा 0.70 प्रतिशतदेखि घटेर 0.39 प्रतिशतमा आएको छ। एपीए घटेकोले खराब ऋणको लागि प्रावधान पछिल्लो वित्त वर्षको समान अवधिमा 930 करोड़ रुपियाँदेखि घटेर 896 करोड़ रुपियाँ रहेको छ। यस अतिरिक्त ब्यांकको पूँजी पर्याप्तता अनुपात 30 जून, 2023- को 15.78 प्रतिशतको तुलनामा बढ़ेर 16.47 प्रतिशत भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande