नयाँ दिल्ली, 29 जुलाई (हि.स.)। अन्तरराष्ट्रिय बजारमा काँचो तेल (क्रुड ओयल)- को मूल्य घट्ने र बढ़्ने क्रम जारी छ। ब्रेंट क्रुडको मूल्य 82 डलर प्रतिब्यारल पुगेको छ भने वेस्ट टेक्सस इन्टरमीडिएट (डब्ल्यूटीआई) क्रुडको 78 डलर प्रतिब्यारल नजिक पुगेको छ। सार्वजनिक क्षेत्रका तेल एवं ग्यास विपणन कम्पनी(पीएसयू)- हरूले सोमवार पेट्रोल-डिजलको मूल्यमा कुनै फेरबदल गरेका छैनन्।
इण्डियन ओयलको वेबसाइटमा उल्लेख गरिए अनुसार दिल्लीमा पेट्रोल 94.72 रुपियाँ, डिजल 87.62 रुपियाँ, मुम्बईमा पेट्रोल 103.44 रुपियाँ, डिजल 89.97 रुपियाँ, कोलकातामा पेट्रोल 104.95 रुपियाँ, डिजल 91.76 रुपियाँ, चेन्नईमा पेट्रोल 100.75 रुपियाँ औ डिजल 92.34 रुपियाँ प्रतिलीटरको दरमा उपलब्ध छ।
यसरी नै अन्तरराष्ट्रिय बजारमा हफ्ताको पहिलो दिन शुरूआती कारबारमा ब्रेंड क्रुडले 0.14 डलर अर्थात 0.17 प्रतिशत ह्राससितै 81.27 डलर प्रतिब्यारलमा ट्रेण्ड गरिरहेको छ भने डब्ल्यूटीआई क्रुडले 0.01 डलर अर्थात 0.01 प्रतिशत झरेर 77.17 यूएस डलर प्रतिब्यारलमा कारोबार गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल