राष्ट्रिय मानवाधिकार आयोगको प्रतिनिधिमण्डले चोपड़ाको भ्रमण गरी पीड़ितहरूको बयान लियो
राष्ट्रिय मानवाधिकार आयोगको प्रतिनिधिमण्डले चोपड़ाको भ्रमण गरी पीड़ितहरूको बयान लियो


कोलकाता, 04 जुलाई (हि.स.)। राष्ट्रिय मानवाधिकार आयोगको प्रतिनिधिमण्डलले चोपड़ाको प्रताड़ित युवक-युवतीसित बिहिवार भेट गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता जैमिनी श्रीवास्तवले हिन्दुस्थान समाचार लाई यसबारे जानकारी दिइन्। उनले भनिन्, आयोगको चार सदस्य प्रतिनिधिमण्डल बुधवार दिल्लीबाट हिँड़ेको थियो र बिहिवार घटनास्थलमा पुगेको छ। आयोगका सदस्यहरूले पीड़ित युवक र युवतीसित भेट गऱे। दुई घण्टासम्म उनीहरूसित कुराकानी गरियो। उनीहरूको बयान रेकर्ड गरिएको छ।

अर्कोतिर, राष्ट्रिय मानवाधिकार आयोगका सदस्यहरूले परिवारका बाकी सदस्यहरू बाहेक छिमेकीहरूको पनि बयान दर्ता गरे। यसपछि प्रतिनिधिमण्डल घरबाट निस्केर घटनास्थलमा पुगेको छ। त्यहाँबाट उनीहरू ग्राम पञ्चायत लक्ष्मीपुरको निम्ति हिँड़े। यद्यपि, त्यहाँबाट हिँड्ने क्रममा प्रतिनिधिहरूले पत्रकारहरू सामू कुनै टिप्पणी गरेनन्।

सूत्रहरू अनुसार, पीड़ित युवक-युवती घटना भएदेखि एउटै घरमा बसिरहेका छन्। आज प्रतिनिधिमण्डलका सदस्य त्यहाँ गए। जहाँ पीड़ितहरूसित उनीहरूले विभिन्न प्रश्न सोधे। चार सदस्यीय प्रतिनिधिमण्डलमा एक महिला अधिकारी पनि छन्। उनीहरूले पछि पुलिससित पनि कुरा गरेका छन्। आयोगको यस टीमले छिट्टै नै आफ्नो रिपोर्ट सुम्पिनेछ, श्रीवास्तवले भनिन्।

हिन्दुस्थान समाचार/


 rajesh pande