भारतमा चुनाउ लड्न न्यूनतम आयु 25 वर्षदेखि घटाएर 21 वर्ष गरिनुपर्छ- राघव चड्ढा
भारतमा चुनाउ लड्न न्यूनतम आयु 25 वर्षदेखि घटाएर 21 वर्ष गरिनुपर्छ- राघव चड्ढा


नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। राज्यसभामा आम आदमी पार्टी (आआप) सांसद राघव चड्ढाले भारतमा चुनाउ लड्नको निम्ति न्यूनतम आयु 25 वर्षदेखि घटाएर 21 वर्ष गरिनुपर्ने बताएका छन्।

बिहिवार राज्यसभाको कारबाहीमा राघव चड्ढाले भने, भारत विश्वको सबैभन्दा युवा देशहरूमध्ये एक हो। हाम्रा 65 प्रतिशत जनसंख्या 35 वर्भषन्दा कमको छ र हाम्रो 50 प्रतिशत जनसंख्या 25 वर्षभन्दा कम आय़ुको छ। आजादीपछि जब पहिलो लोकसभा बनेको थियो तब 26 प्रतिशत सदस्य 40 वर्षभन्दा कम आयुका थिए र जब दुई महिना अगाड़ी हाम्रो 17औं लोकसभा बनियो तब केवल 12 प्रतिशत सदस्य 40 वर्षबन्दा कम आयुका छन्। हामीले युवा राजनेताहरूको साथ एक युवा देश बनाउने आकांक्षा राख्नुपर्छ। चुनाउ लड्नको निम्ति न्यूनतम आयु 25 वर्षदेखि घटाएर 21 वर्ष गरिनुपर्ने मेरो भारत सरकारको निम्ति एक सुझाउ छ।

उनले थप भने, नानीहरूका आमा बाबूले उनीहरूलाई डाक्टर र इन्जीनियर बनाउने सुझाउ दिन्छन् तर राजनीतिमा जाने सुझाउ दिँदैनन्। नानीहरूलाई राजनीतिमा पठाउनु हुँदैन भन्ने मानिसहरूको मनमा मनसाय बनेको छ। यस्तो स्थितिमा युवा राजनेताहरूको साथ एक युवा देश बनाउनका लागि युवाहरूलाई राजनीतिमा आउनका लागि प्रेरित गर्नुपर्छ। यसको निम्ति चुनाउ लड्ने आयु 21 वर्ष गरिनु जरूरी छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande