इजराइलमाथि आक्रमण भयो भने ठूलो मुल्य चुकाउनु पर्नेछ: नेतन्याहू
netanyahu


बेरूत, 01 अगस्त (हि.स.)। इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजराइलमाथि आक्रमण गर्नेहरूले ठूलो मुल्य चुकाउनु पर्नेछ भनी बताएका छन्। तेहरानमा हवाई आक्रमणमा हमासका शीर्ष राजनीतिक नेता इस्माइल हनिये मारिएपछि यो उनको पहिलो सार्वजनिक बयान थियो।

हमास र ईरानले यस घटनाको निम्ति इजराइलमाथि दोष लगाएको थियो, जसपछि व्यापक क्षेत्रीय युद्धको खतरा उत्पन्न भएको छ। इजराइलले 24 घण्टामा दुई दुश्मनलाई मार्न सफल बनेको छ। यस अघि इजराइली सेनाले मंगलवार बेरूतमा हिजबुल्लाहका कमाण्डर फुआद शुकरलाई मारेको थियो। एक दिनपछि अर्थात बुधवार बिहान हमासको राजनीतिक प्रमुख इस्माइल हानियेलाई मारेको थियो। उक्त दुई नेताहरूको मृत्युपछि मध्य पूर्व ऐशियामा हलचल मचेको छ।

ईरानको इस्लामिक रिवोल्यूशनरी गार्ड कर्प्स (आईआरजीसी) ले इस्माल हानियेको मृत्युको पुष्टि गरेको छ। आईजारजीसी अनुसार, तेहरानमा हानियेको घरलाई निशाना बनाएर राति लगभग 2 बजी (भारतीय समयानुसार सुबह 4 बजी) मिसाइल हमला गरियो, जसमा हमास चीफ इस्माल हानिये र उनका बडीगार्डको मृत्यु भयो। हमासले आफ्नो नेताको मृत्युमा शोक व्यक्त गर्दै एयर स्ट्राइक हमलामा हानियेको हत्या भएको बताएको छ। हमासले यस आक्रमणको बदला लिने चेताउनी पनि दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande