पेरिस ओलम्पिक: पदक तालिकामा चीन शीर्षमा, भारत 35औं स्थानमा
paris olympic


नयॉं दिल्ली, 01 अगस्त (हि.स.)। पेरिस ओलम्पिकको पॉंचौं दिनको समाप्तिपछि चीन पदक तालिकामा 8 स्वर्ण, 7 रजत र 3 कांस्यसहित 18 पदकका साथ पहिलो स्थानमा छ।

जापान र फ्रान्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। जापानको नाममा 15 पदक (8 स्वर्ण, 3 रजत र 4 कांस्य) छ भने फ्रान्सको नाममा 25 पदक (7 स्वर्ण, 10 रजत र 8 कांस्य) छ।

तालिकामा अस्ट्रेलिया 7 स्वर्ण, 4 रजत र 3 कांस्यसहित कुल 14 पदका साथ चौथो र ग्रेट ब्रिटेन 6, स्वर्ण, 6 रजत र 5 कांस्यसहित कुल 17 पदका साथ पॉंचौं स्थानमा छ।

भारत पेरिस ओलम्पिकमा दुई कांस्य पदकका साथ 35औं स्थानमा छ। मनु भाकर र सरबजोत सिंहले मंगलवार 10 मिटर एयर पिस्टल मिक्स्ड टीम स्पर्धामा कांस्य पदक जित्यो। यस अघि मनु भाकरले एकल वर्गमा कांस्य पदक जितेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande