नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। वायनाडू पैह्रोको तेस्रो दिन बिहिवार प्रभावितहरूलाई सुरक्षित बचाउनका लागि सेनाले राति नै 100 फीट लामो पुल बनाएऱ जनताको निम्ति खोलेको छ। यो पुलको निर्माणपछि बचाउ कार्यहरूमा मद्दत पुग्नेछ र फंसेका मानिसहरूलाई छिटोभन्दा छिटो निकाल्न सकिनेछ। यस बाहेक अन्य धेरै स-साना पुल बनाइने तयारी छ। सेनाले आज बिहानसम्म 100 भन्दा धेरै शव आफ्नो कब्जामा लिएको छ जबकि मर्नेहरूको संख्या यसभन्दा पनि धेरै छ। वायु सेनाको हेलीकप्टरहरूले प्रभावित क्षेत्रहरूबाट भारी संख्यामा मानिसहरूलाई हवाई मार्गबाट निकालेर सुरक्षित स्थानहरूमा पुऱ्याएका छन्।
प्यारा रेजिमेन्टल ट्रेनिङ सेन्टरका कमान्डेन्ट ब्रिगेडियर अर्जुन सेगनले भने, आज बचाउ र खोज अभियानको तेस्रो दिन हो। हामीले रातभरिमा एक फुटब्रिज बनायौं र आशा छ, हामी आज दिउँसोसम्म 24 टन ओजन श्रेणीको बेली ब्रिजको काम पूरा गर्नेछौं। हाम्रा इन्जीनियरहरू रातभरि काममा जुटिरहे। हामीले हिजो 5 अर्थ मूविङ उपकरण पठाएका थियौं र आजपनि हामीले धेरै अर्थ मूविङ उपकरण पठाएका छौं। यसबाट हाम्रो खोज अभियान धेरै सजिलो भएको छ। खराब मौसम, बढ्दो जलस्तर र रातभरि काम गर्ने चुनौतीहरूको सामना गरेपनि दृढ़ता र अथक परिश्रमले मद्रास इन्जीनियर्स ग्रुप (एमईजी) को टीमले चुरलामलाईमा राति नै 100 फीट लामो एउटा पुल बनायो औं जनताको निम्ति खोल्यो। यसबाट बचाउ कार्यहरूमा थप मद्दत मिल्नेछ र फंसेका मानिसहरूलाई छिटोभन्दा छिटो निकाल्न सकिनेछ। सेनाको पश्चिमी हिल बेरकले कालीकटबाट प्रादेशिक सेनाको 122 इन्फेन्ट्री बटालियनका सैनिकहरूले गम्भीर रूपमा पैह्रो प्रभावित क्षेत्रहरूबाट वेल्लारीमालाबाट अट्टामालातिर खोज र बचाउ अभियान शुरू गरेका छन्।
कर्नाटक र केरल सब एरियाका जनरल अफिसर कमान्डिङ मेजर जनरल वीटी मैथ्यूले वायनाड जिल्लाको मेप्पडी गाउँ पुगेर बचाउ अभियानको कमान सम्हालेका छन्। उनले केरलका राज्यपाल आरिफ मोहम्मद खान र मुख्यमन्त्री पी विजयनसित भेट गरे औं उनीहरूलाई जारी बचाउ कार्यहरूसित अवगत गराए। मेजर जनरल मैथ्यूले भने, अट्टामाला, मुन्डक्कई र जूरलमालामा भारतीय सेनाको टुक्रीहरू अन्य बचाउ दलहरूको साथ समन्वयमा काम गरिरहेका छन्। आज बिहानसम्म हामीले 100 भन्दा धेरै शव भेटायौं र कूल शवहरूको संख्या यसभन्दा पनि धेरै छ। यी शवहरू नागरिक प्रशासनलाई सुम्पिएको छ, जसलाई अघिको कारबाहीको निम्ति सुरक्षित ठाउँहरूमा लगिन्दैछ।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल