चोरहरूले पुलिस अधिकारीको घरलाई समेत छाड़ेनन्, सुन-चाँदीका गहनाहरू सहित लाखौंको सामग्री चोरी
सुन-चाँदीका गहनाहरू सहित लाखौंको सामग्री चोरी


काेरबा, 12 अगस्त (हि.स.)। कोरबा जिल्लामा चोरहरूले पुलिसको घरलाई नै लक्षित गरे। चोरहरूले पुलिसलाई ठूलो चुनौती दिएका छन्। कोरबा सिटी कोतवालीको पछिल्लोतिर अग्रोहा मार्गमा अवस्थित अतिरिक्त पुलिस अधीक्षक पूजा अग्रवालको निवासबाट चोरहरूले सुन-चाँदीका गर-गहनाहरू सहित लाखौं रुपियाँका सामानहरू चोरेर भागे।

पुलिसबाट प्राप्त जानकारी अनुसार कोरबा सिटी कोतवालीको पछिल्लोतिर अग्रोहा मार्गमा अतिरिक्त पुलिस अधीक्षक पूजा अग्रवालको परिवार बसोबास गर्दछन्। पूजा अग्रवाल अन्य जिल्लामा कार्यरत छन्। घरमा भाइ श्याम गोयल आफ्नो परिवारसित बस्दै आएका छन्। सम्पूर्ण परिवार दुई दिनको लागि बाहिर घुम्न गएका थिेए। यसैको मौका छोपेर चोरहरूले उनको घरमा पसेर घटनालाई परिणाम दिए।

श्याम गोयलको परिवार गए शनिवार अबेर साँझ घर फर्किँदा थाहा लाग्यो कि घरमा चोरी भएको छ। त्यसपछि तुरून्तै सिटी कोतवाली पुलिसलाई घटनाको जानकारी गराइयो। घरमा जड़ान गरिएको सीसीटीभी क्यामरा, डीभीआर सहित घरबाट नगद र सुन-चाँदीका गहनाहरू चोरी भएको छ। डग स्क्वायडले पनि घटनास्थलमा पुगेर जाँच गऱ्यो। हाल संदिग्धहरूसित जाँचबुझ गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande